बिमल निस्किएपछि केपी र अंग्रजको निकटता

निर्देशक समाजका निवर्तमान अध्यक्ष केपी पाठक राजनीतिक खेलामा माहिर नै मानिन्छन् । चलचित्र निर्देशक समाजमा आफ्नो कार्यकालको दौरान धेरैको तारिफ पाएका केपी अहिले चिन्तित छन् । आफुले एउटा उचाइमा पुर्‍याएको समाजमा भद्रगोलको अवस्था आएपछि केपी बेलाबेलामो दुखेसो पनि पोख्छन् ।चलचित्र निर्देशक समाजमा आफ्ना दुश्मन मानिएका बिमल पौडेल अध्यक्ष भएपछि केपी चिन्तित भएका थिए । तर एकबर्ष पनि राम्रोसँग समाज चलाउन नसकेपछि बिमलको बिरुद्धमा अविश्वासको प्रस्ताव आउने तयारी भएपछि उनी खुशी देखिएका थिए । बिमलको पक्षमा देखिएका निर्देशक समाजका कायममुकायम महासचिव एम.एस. अंग्रज र केपीको युद्ध लामै समय चलेको थियो । फेसबुकको वालमा केपी र अंग्रजले एक अर्का बिरुद्ध घुमाउरो पारामा व्यङ्ग्य गर्ने काम पनि गरे ।

तर चलचित्र निर्देशक समाजका अध्यक्ष बिमल पौडेलले पदबाट राजिनामा दिएपछि केपी र अंग्रजको निकटता चुलिएको छ । निवर्तमान अध्यक्ष पाठक निर्देशक समाजमा केही साथीहरु आफूलाई अध्यक्ष पदमा उठ्न आग्रह गरिरहेको बताउँछन् । केपी र समाजका कायममुकायम महासचिव अंग्रज विभिन्न कार्यक्रममा पनि सँगै देखिन थालेका छन् । उनीहरुको निकटता हेर्दा लाग्दैन कि कुनै समय यि दुई एक अर्का बिरुद्ध चर्काचर्की नै गर्दथ्य ।

सिने नगरीमा कतिबेला को कसको पक्षमा देखिन्छ भन्न गाह्रो छ । यसैले भनिन्छ सिने नगरीमा दुश्मन र आफ्नो भन्ने कोही पनि हुदैन ।

2 Comments on “बिमल निस्किएपछि केपी र अंग्रजको निकटता”

  • iuzuui wrote on 21 March, 2013, 10:37

    kpsunaar urrfff kp pathak, tan Hudaina. Haamile Sochyeera, Bujjera boleeko ho. tan Kpsunaar urrff kppathak, hudaina. tan Negtive hoss, ani, Samajko Biurrdhmaa, hidnee maanchhyee tan Hudaina. Yedi tan vaisss vnee, ktiii morrchha…tero

    [Reply]

    ram Reply:

    kp pathak jasto manchhe lai abhadra ra amardyadit sailema gaali galauj garne himmat kasari gareko hola?

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries