संजय दत्तलाई ५ बर्षको जेल सजाय

बलिउड चर्चित नायक संजय दत्तलाई ५ बर्षको जेल सजाय सुनाइएको छ । सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयोग गरेको र हतियार राखेको आरोपमा उनलाई ५ बर्षको जेल सजाय बिहिबार भारतको सर्वोच्च अदातलले सुनाएको हो । संजयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नेछन् । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ । संजय दत्तलाई सुनाइएको फैसलामा केही राहत मिल्न सक्ने बताइएको छ ।

यो मुद्दामा संजयको पक्षमा तिन कुराहरु रहेको छ । संजयको पहिले नै आतंक फैलाउने बिषयमा मुक्ती दिइसकिएको छ । यस्तै सीबीआइले संजयको विरुद्धमा कुनै पनि अपिल जारी गरेको थिएन । र हाल संजयको नाममा २ सय करोड रुपिया बलिउडमा लगानी भैसकेको छ । यसैले पनि उनलाई केही राहत मिल्न सक्ने भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच संजय दत्तले अदालतको फैसलापछि आफू कमजोर नभएको र न्यायालयको सम्मान गर्ने बताएका छन् । अदालतको फैसला हेरेपछि कानुनी विकल्प खोल्ने पनि उनले बताएका छन् ।

अदालतको फैसलापछि जारी वक्तव्यमा उनले भनेका छन्-’मैले २० वर्ष पीडा सहेको छु र अझै मैले पीडा सहोस भन्ने चाहेको हो भने म मजबुत हुनुपर्छ । आज मेरो मन टुटेको छ किनकी मसागै मेरी श्रमती र तीन सन्तानले पनि सजाय भोग्नेछन् ।’ आफूले अहिलेसम्म कानुनको सम्मान गरेको र अब पनि गर्ने भन्दै उनले भनेका छन्-’मलाई थाहा छ कि म एक असल मानिस हुा र देशप्रति वफादार छु । अहिले मेरो परिवार भावुक छ र उनीहरुका लागि म मजबुत बन्नुपर्छ ।’

 

One Comment on “संजय दत्तलाई ५ बर्षको जेल सजाय”

  • vijay timilsina wrote on 21 March, 2013, 15:37

    really bad news he is power of indian movies he is naya not a khalnayak

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries