होलीमा चोलीको सट्टा अरु नै रंगिएपछि (फोटो फिचरसहित)
‘होली हो होली आयो होली हो…’
ललितपुरको भैसेपाटी परिसरमा ४ सुन्दर युवतीसँग ४ युवकहरु होली खेल्दै थिए । होली पर्ब नजिकिदै जाँदा ८ जना युवायुवतीको समुहले खुलेरै होली खेले । युवायुवतीहरु एक अर्कालाई रंग छर्दै सन्देशको गीत पनि गाउँदै थिए ।
प्रसंग हो, अर्जुन अधिकारीको निर्देशनमा तयार भएको एक म्युजिक भिडियोको । होली पर्व नजिकिदै जाँदा यसै बिषयलाई आधार बनाएर तयार पारिएको एक भिडियोमा ८ जना मोडलहरु रमाएका हुन् ।
गायकद्धय सुरज श्रेष्ठ र वीपी वाग्लेका साथमा रिता बुर्लाकोटी र उर्मिला महत्तको स्वरमा समावेश होली विशेष गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।
भिडियोमा रञ्जन रिजाल, सुरज रानाभाट, पार्वती राई, भावना गुरुङ, हषिर्का श्रेष्ठ, मोनिका दाहाल, दृश्य सुवेदी, रुद्र बोहरा, बिनोद राइले अभिनय गरेका छन् ।
यि मोडलहरुको होलीको मस्तीलाई छायांकार सुशिल बाँनियाले आफ्नो क्यामेरामा कैद गरेका हुन् । डाक्टर कृष्णहरी बरालले लेखेको यो गीतको भिडियोलाई शनिबार सम्म बजारमा ल्याउने योजना निर्माणपक्षको छ ।
कुनै समय होलीमा चोली रंगिने गर्दथ्यो । तर हिजोआज समय फेरिएको छ । चोलीको सट्टा छोटा पहिरन लगाएर मोडलहरु अभिनय गर्न व्यस्त देखिन्छन् । गायक वीपी वाग्ले यसलाई समयको माग भन्छन् । उनले गीतले सन्देश समेत प्रवाहा गर्ने बताए ।
छायांकनका अन्य तस्बिरहरु केही दिनमा अनलाइनखबरमा प्रकाशन हुनेछ ।




samayako maag bhanda pani wahaa aafnai maag ho ki?
[Reply]
होली पर्वमा त चोली नै रंगिनु पर्ने हो तर यहाँ त अरु नै रंगिएछ जे होस् होली गीतको सफलताको कामना…………
[Reply]