‘मिस नेपाल’ को उपाधी २१ बर्षीया इशानी श्रेष्ठलाई

यो बर्षको ‘मिस नेपाल’ को उपाधी काठमाण्डौ निवासी २१ बर्षीया  इशानी श्रेष्ठले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १७ प्रतिस्पर्धीलाई उछिन्दै उनले सन् २०१३ को ‘मिस नेपाल’ को उपाधी जितेकी हुन् । उनलाई ‘मिस नेपाल’ २०१२ को विजेता श्रृष्टि श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् ।‘मिस नेपाल’ को उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसबैर्ष आयोजना हुने ‘मिस वल्र्ड’ मा सहभागी हुनेछिन् । प्रमुख निर्णायक तिर्थमान शाक्यले सोधेको ‘तपाइ एकल परिवार रुचाउनुहुन्छ या संयुक्त र किन’ भन्ने प्रश्नमा संयुक्त परिवार भन्ने जवाफ दिएर उनले ‘मिस नेपाल’ को ताज जितेकी हुन् ।

यस्तै यो बर्षको ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिशा शाही ले जितेकी छिन् । उनलाई गत बर्षको ‘मिस नेपाल अर्थ’ को विजेता नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । उनले उपाधीसँगै ३५ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसैबर्ष आयोजना हुने ‘मिस अर्थ’ मा सहभागी हुनेछिन् ।

यो बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधी काठमाण्डौकी श्रृतिमा शाह को पोल्टमा गएको छ । उनलाई गत बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को विजेता शुभेच्छा खड्काले क्राउन लगाइदिएकी थिइन् । नगद २५ हजार सहित उनी ‘मिस इन्टरनेशनल’ मा सहभागी हुन पाउँनेछिन् । यस्तै मिस व्युटिफुल स्माइलको उपाधी रिचु श्रेष्ठ, मिस ट्यालेन्टको उपाधी सिपोरा गुरुङ, मिस पब्लिक च्वाइसको उपाधी अश्मिता सिटौलाले जितेका छन् ।‘द हिडन ट्रेजर’ ले आयोजना गरेको मिस नेपालको यो १९ औ संकरण हो । कार्यक्रममा बोल्दै मिस नेपाल २०१२ को विजेता श्रृष्टि श्रेष्ठले यो ब्यूटी प्याजेन्टमा भाग लिएर आफुले धेरै कुरा सिकेको बताइन् । उनले साथ र सहयोग पाएकोमा सबैलाई धन्यबाद पनि दिइन् ।

यो बर्षको मिस नेपालमा मालती शाह, मलिना जोशी, बलबहादुर कुँबर, सरोसी शेरचन, सलमान रतिफ, रिमा विश्वकर्मा, चारु मनहोत्रा, राजेन्द्र शलभ, अनुपबहादुर मगर, राजेन्द्र शलभ निर्णायकको रुपमा रहेका थिए ।

पहिलो चरणमा १८ जना प्रतिस्पर्धीबाट उनीहरुको परिचय, प्रिजजिङको आधारमा उत्कृष्ट १० को छनोट गरिएको थियो । उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारका अन्तिम ५ छनोट गरिएको थियो ।

 

 

 

 

 

 

 

 

8 Comments on “‘मिस नेपाल’ को उपाधी २१ बर्षीया इशानी श्रेष्ठलाई”

  • N. Lama wrote on 20 March, 2013, 14:22

    Congratulation, Mr. tirtha Man shakya.

    [Reply]

  • nepali sunil gautam wrote on 20 March, 2013, 14:38

    sipora gurung lai congralutation miss talent ko upadhi jitnubhakoma

    [Reply]

  • hahha wrote on 20 March, 2013, 14:49

    Beesssrri Sunndrri rchha Miss Nepal ta, Ghaathyeeeiiii !

    [Reply]

    dilu gurung Reply:

    jati sundari vaepani k garnu sathi hamile touch garn pani paaudain hai
    tinai aayojak haruko khajaa matrai ho…

    [Reply]

  • Gopal jnawali wrote on 20 March, 2013, 16:06

    Aahile pani miss nepal newar aaba ta yesma pani aarkhana chahinchha natra bhane nepal bandha garnu pardhachha

    [Reply]

  • Gopal jnawali wrote on 20 March, 2013, 16:19

    Aahile pani miss nepal newar aaba ta yesma pani aarkshana chahinchha natra bhane nepal bandha garnu pardhachha

    [Reply]

  • sabin wrote on 21 March, 2013, 6:39

    newar koo rajaya hoo ki ko sandhai newarni k t matra miss nepal …………………i hate

    [Reply]

  • sanish wrote on 21 March, 2013, 11:26

    newari keti haru ramrai huncha ta ani hudina ta always newari keti nai miss nepal …….
    Newari is the best and beautiful …………. keep it in mind u sabin..never compare like that beacuse we all are nepali ………………….

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries