‘बदमास बबली’ बनेपछि प्रियंकाले खोलिन् बोत्तल

नायिका प्रियंका चोपडा अब आइटम गर्ल पनि भएकी छिन् । उनले आफ्नो करिअरमै पहिलो पटक ‘सुट आउट एट वाडला’ मा आइटम नृत्य गरेकी छिन् । ‘बदमास बबली’ बोलको आइटम नृत्यको सार्वजनिक भएपछि प्रियंका निक्कै खुशी देखिएकी थिइन् ।यसैक्रममा चलचित्रको निर्माणपक्षले एक सानदार पार्टी समेत दिएको छ । पार्टीको क्रममा चलचित्रकी निर्मात्री एकता कपुर, निर्देशक संजय गुप्ता पनि उपस्थित थिए । प्रियंकाले पार्टीमा खुबै रमाइलो गरेको बताइएको छ ।प्रियंका एकता कपुरसँग काम गर्न चाहन्छिन् । यसैले पनि उनले एकताको सिनेमामा आइटम नृत्य गरेको बताइएको छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries