पोष्टर नै सेन्सर हुने भएपछि लुगा लगाइन् पुजनाले

चलचित्र ‘रक्षा’ मा समावेश उत्तेजक दृश्यहरुले बजार तताइरहेका छन् । तर चलचित्र सेन्सर बोर्डले भने ‘रक्षा’ को पोष्टरमा नै आपत्ती जनाएको छ । नायिका पुजना प्रधान र अशोक फुयाँल बिचको बेड सिनको दृश्य हटाएर निर्माणपक्षले नयाँ पोष्टर बनाइएको छ ।चलचित्रको सेन्सर शुक्रबार हुँदैछ । निर्देशक राजु गिरीले सेन्सरले पोष्टर नै परिवर्तन गर्न भनेपछि नयाँ तयार पारेको बताए । पबन बस्नेतको निर्माणमा तयार भएको यो सिनेमामा राजेश हमाल, पुजना स्त्रि, सारिका घिमिरे, सुशान्त कार्की, अशोक फुयाँल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको पोष्टर परिवर्तन नगरेसम्म सेन्सर बोर्डले सिनेमाको सेन्सर नै नगर्ने बताएपछि नयाँ बनाएको निर्देशक गिरीको भनाई छ । चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । यो चलचित्र काठमाण्डौका सम्पुर्ण मल्टिप्लेक्स हलमा चल्ने पक्का भएको निर्माणपक्षले जानकारी दिएको छ ।

3 Comments on “पोष्टर नै सेन्सर हुने भएपछि लुगा लगाइन् पुजनाले”

  • HAKU KALE wrote on 15 March, 2013, 4:43

    FATA ISTRI.

    [Reply]

  • p.p.koirala wrote on 15 March, 2013, 5:32

    चलचित्र मा त्यस्तो द्रेस्य दिदा हुने कृया कलापले मानीस मा उत्त्जेजना पैदा गराउदो हो अनी वास्तविक जीवनमा त्यो प्रयोग हुन सक्दैन र ?

    [Reply]

  • Rabi Shrestha wrote on 15 March, 2013, 12:01

    फिल्म हेरे पछि मनोरञ्जन हुन प¥यो राजु गिरी जी, यस्तो अनावश्यक हाउडे मसलाको सहायता लिन भएन । जमाना र दर्शक कहाँ पुगी सके अब त्यही थोत्रे पुजनाको शरिर हेर्न दर्शक हलसम्म आउछन् भन्ने सोच्न भएन ।

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries