मृगौला दिवसमा भक्तपुरमा सांगीतिक कार्यक्रम

विश्व मृगौला दिवसको अवसर पारेर भक्तपुरमा पदयात्रा सहित सांस्कृतीक कार्यक्रमको आयोजना गरिएको छ । सांस्कृतीक कार्यक्रममा हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गायिका आनी छोइङ डोल्मा, गायक योगेश्वर अमात्य, संगीतकार न्यूहृ बज्रचार्य लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती पस्केका थिए ।सांगीतिक कार्यक्रममा मह जोडीले स्वास्थ्य चेतना जगाउने हाँस्य नाटक प्रस्तुत गरेका थिए । यस्तै गायक योगेश्वर अमात्यले ‘जब सन्ध्या हुन्छ’ बोलको गीत गाउँदा दर्शकले ताली बजाएर साथ दिएका थिए ।

कार्यक्रममा गायिका आनी छोइङ डोल्मा र संगीतकार न्यूहृ बज्रचार्यले ‘फूलको आखामा फूलै संसार’ बोलको गीत गाएका थिए ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries