धरानमा ‘को बन्छ लाहुरे ‘
गोपाल दाहाल
लाहुरे बन्न मरिहत्ते गर्ने नेपाली युवाहरुको कथालाई बुनेर तयार पारिएको डकुमेन्टि्र फिल्म ‘हु वील बी अ गोर्खा’ अर्थात ‘को बन्छ लाहुरे’को बिशेष प्रस्तुती धरानमा गरिएको छ । सिनेमा हेर्दा धरानका दर्शकको आखा रसाएको थियो ।
विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार जितेको यो डकुमेन्ट्री चैत्र २ देखि देशका विभिन्न हलमा लाग्ने छ । तर लाहुरेहरुको बाक्लो बस्ती रहेको धरानका हलहरुमा भने एक महिना पछि मात्र लाग्ने निर्माणपक्षको भनाई छ । धरानमा फिल्म सोसाइटी अफ धरानको सहयोग र गोरखा भूतपूर्व सैनिक संघ महिला कमिटि धरानको आयोजना र सहयोगार्थ पि्रमियर शो गरिएको हो । केसाङ छेतेनद्वारा निर्देशित ‘हु विल बि अ गोर्खा’ पोखराको बि्रटिस गोर्खा क्याम्पमा हुने गोर्खा लाहुरे छनोट प्रक्रियामा आधारित छ ।




Yo dharan ko mahatwopurna uplabdi ho.ma aba garva ka sath bhanna sakchu hamro dharan.
[Reply]