विजेता बनाउन घुस माग्यो आयोजकले

गोपाल दाहाल

लामो समयदेखि नृत्यको क्षेत्रमा सक्रिय ‘गरिमा डान्स सेन्टर’ र ‘मकालु टेलिभिजन’ ले आयोजना गरेको दुइ टीभी रियालिटी शो विवादमा मुछिएका छन् । कार्यक्रममा भाग लिन आएका प्रतिस्पर्धीलाई विजेता बनाइदिने आश्वास दिएर पैसा लिएपछि आयोजक विवादमा परेको हो ।फागुन २५ देखि २७ गते सम्म ‘कला उत्सव’ नामले पुर्वाञ्चल स्तरिय गायन प्रतिष्पर्धा ‘मितासी स्वरमणी’ तथा कोशी अञ्चल स्तरिय नृत्य प्रतियोगीता ‘नटराज’ को फाईनल भएको थियो । आयोजकले दुवै प्रतियोगितामा प्रतिष्पर्धीबाट पैसा लिएको खुलेपछि विवाद चुलिएको छ ।

मितासी स्वरमणी का फाइनलिष्ट खोटागंका अमर चाम्लिगं राई सँग आयोजकले उपाधिको लागी तिन लाख मागेको थियो । यस्तै नटरराजको फाइनलिष्ट भोजपुरकी ओषिन राईसँग पनि उपाधिको लागी आयोजकले ३ लाख ५० हजार मागे खुलासा भएको छ ।

अमरले आयोजकले उपाधिको लागी घुस मागेपछि फाइनल कार्यक्रम नै वहिष्कार गरेका थिए । उनले धरानमा पत्रकार सम्मेलन गरि आफुसँग आयोजकले उपाधिको लागी रकम मागेपछि कार्यक्रम वहिष्कार गरेको बताए । उनका दाजु शम्भु पृथक राईले उपाधिको लागी आफुसँग मकालु टीभीका धरान व्यवस्थापक केसव सापकोटाले ३ लाख मागेको वताए । सापकोटाले तपाइको भाइ को प्रतिभा राम्रो छ भन्दैे ३ लाख खर्च गर्न भनेको अमरका दाजुको भनाई छ । अन्य प्रतिस्पर्धीहरले ५ लाखसम्म दिन तयार रहेको भन्दै सापकोटाले अमर प्रतिभाशाली भएकाले ३ लाख दिएको खण्डमा विजेता बनाइदिने आश्वासन दिएका थिए । साथै उनले भोटिङ आफुहरुले गर्दा सस्तो पर्ने भन्दै दुइपटक गरि ६० हजार लिएको बताए । भोटिङको लागी डान्स सेन्टरकी लेखा प्रमुख सञ्जु राइलाई १० हजार र व्यवस्थापक सन्तोष तामाङलाई ५० हजार दिएको राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यता सेन्टरकै आयोजनामा भएको कोशी अञ्चल स्तरिय नटराजको आयोजकले समेत अपाधिको लागी ३ लाख ५० हजार मागेको खुलासा भएको छ । नटराजका फाइनलिष्ट तथा टप ५ मा पुगेकी भोजपुरकी ओषिन राईका अभिभावकसँग आयोजक समितिकी अन्जु राईले उपाधिको लागी ३ लाख ५० हजार मागेको सार्वजनिक भएको छ । ओषिन की आमा लक्ष्मि राई ले सञ्चारकर्मीसँग भनिन् ‘मलाई अन्जुले उपाधिको लागि ३ लाख ५० हजार मागिन् तर मैले अश्विकार गरे ।

पिडितहरुले आफुसँग रकम लिएर भेाट समेत नगरेको ,प्रतिभालाई पैसामा दाँज्न खोजेका भन्दै आफ्नो रकम फिर्ता हुनु पर्ने माग गरेका छन् । साथै उनिहरुले सेन्टरले प्यान नम्बर समेत नलिएको र भ्याटमा पनि दर्ता नभई टिभी रियालिटी शो कार्यक्रम गरेर राजश्व छली गरेको भन्दै उजुरी समेत हाल्ने चेतावनि दिएका छन् । यता गरिमा डान्स सेन्टरका प्रवन्ध निर्देशक मणिकुमार लिम्बुले आफ्नो सेन्टरले प्यान नम्बर नलिएको तथा भ्याटमा समेत दर्ता नभएको स्विकार गरेका छन् ।

तत्कालिन समयमा टिकट धेरै विक्री गरेको आधारमा विजेता घोषणा गरेको भन्दै सहभागीहरुले आपत्ति जनाएका थिए ।

 

10 Comments on “विजेता बनाउन घुस माग्यो आयोजकले”

  • Rabin jagari wrote on 13 March, 2013, 13:44

    ayojak ta daka raichhn ni ho .

    [Reply]

  • A. Baral wrote on 13 March, 2013, 13:47

    Rai Limbu jstooo chooorrr r jagadddiyaaa ta khoi pni hunna. yini harulee Aakassh Dekdaina, sungurrr hoo. Rai Limbu laai ta Biswasss nai grna Hudaina.

    [Reply]

    limbu Reply:

    hey baral mind your language, have you ever collected the datas relating the the robbery, rape, corruption and so on. if not go an dfind out who are actually the fake. you may find your name too.

    [Reply]

  • Ishor wrote on 14 March, 2013, 2:08

    Should be ban this organizer

    [Reply]

  • R.Prsd wrote on 14 March, 2013, 6:07

    ho, ho,ho. Rai Limbu alii synnoooo chiitta,valluko Kammpadd r kuroo Nbujjnii r dahahhh grni khalllkooo hunnchha. Kharaav nai hunnchhann choorrr hrru.

    [Reply]

    dilip Reply:

    tero jasto matra sap ko dimag hudaina, kaebahi ta ta jasto byaktigat arop lagaune lai garnu parcha. go to hell.

    [Reply]

  • bipin magar wrote on 14 March, 2013, 8:51

    terima kukur baral .

    [Reply]

  • Bikash Thapa Magar wrote on 14 March, 2013, 8:54

    jaslai pani paisa nai chaiyeko 6, gadha haru paisako lagi k k gar6 gar6, yesta samanya programma ta yesto gar6 vane jhanai desh hakne harule k gareko hola, dog

    [Reply]

  • akash wrote on 14 March, 2013, 8:56

    पाता फर्काउ फटाहा आयोजकलाई‍‍‍‍‍ ‍! यस्तैले गर्दा टि भि मा कार्यक्रमनै हेर्नु मन लाग्दैन ।

    [Reply]

  • niraj wrote on 14 March, 2013, 17:17

    AYOJAK LAI PAXADI BATA DINU PARXA

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries