लन्डनमा ‘नाइन ओ क्लक’

चैत्र १६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाइन ओ क्लक’ को बिशेष प्रदर्शन लण्डनमा हुने भएको छ । चलचित्रको प्रदर्शनका लागि निर्माता रमेश संवेदना लण्डन पुगेका छन् ।बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमिना घिमिरे, धु्रब दत्त लगायतका कलाकारको अभिनय छ । चलचित्रको लण्डन प्रदर्शन मार्च १५, १६ र १७ मा हुने निर्माता संवेदनाले बताएका छन् ।

यस्तै यो सिनेमाको प्रदर्शन हङकङमा पनि गर्ने तयारी भएको छ । चलचित्रको हङकङ प्रदर्शनका लागि नायिका घिमिरे, निर्देशक ढकाल र संचारकर्मी राजन घिमिरे केही दिनमा त्यता जादैछन् । मार्च २४ मा चलचित्रको हङकङमा प्रदर्शन हुदैछ ।

नेपाली सिनेमाको अन्तरराष्ट्रिय बजारमा खोजिरहेको समयमा ‘नाइन ओ क्लक’ को विशेष प्रदर्शन विभिन्न देशमा हुन लागेको हो । सेक्स केन्दि्रत यो सिनेमाले राम्रो व्यापार गर्ने विश्वास गरिएको छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries