‘मञ्जरी’ को अडियो सार्वजनिक

चैत्र ९ गतेबाट प्रदर्शनामा आउन लागेको चलचित्र ‘मञ्जरी’ को अडियो बिमोचन गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा निर्माता अशोक शर्मा, चलचित्र संघका अध्यक्ष राजकुमार पोख्रेलले अडियो बिमोचन गरेका हुन् । ‘मञ्जरी’ चलचित्रमा ५ गीत समावेश छ । कालिप्रसाद बास्कोटाको संगीतमा तयार भएको गीतमा प्रविशा अधिकारी, सनुप पौडेल, पुष्पा गुरुङ लगायतका गायक तथा गायिकाको आवाज छ ।गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको चलचित्रमा गौरब पहाडी, सुजाता कोइराला, टिका पहाडी लगायतका कलाकारको अभिनय छ । कार्यक्रममा बोल्दै निर्देशक पाण्डेले साधारण कथामा सिनेमा बगाएको बताउदै दर्शकले मन पराउने विश्वास गरे । यस्तै कार्यक्रममा बोल्दै संगीतकार कालिप्रसाद बास्कोटाले सिनेमाका सम्पुर्ण गीतहरुको प्रस्तुती फरक रहेको बताए ।

टुका इन्टरटेन्मेन्टको व्यानरमा तयार भएको यो चलचित्रलाई महेश चालिसे र नरेश पाण्डेले निर्माण गरेका हुन् । कार्यक्रममा चलचित्रको प्रोमो तथा गीत पनि प्रस्तुत गरिएको थियो ।

One Comment on “‘मञ्जरी’ को अडियो सार्वजनिक”

  • Min wrote on 13 March, 2013, 11:52

    hahahah, yesto Afgani haruko film ………Nraamroo.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries