‘जीवनसाथी’ पछि ‘मनको साथी’ को पालो
प्रदिप श्रेष्ठ सिनेमा राम्रो बनाउन माहिर छन् । तर उनले निर्देशन गरेको अधिकांश सिनेमाले सोचेजस्तो व्यापार भने गरेका छैनन् । प्रदिप श्रेष्ठले निर्देशन गरेको पछिल्लो चलचित्र ‘मेरो मनको साथी’ बैशाख १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रका गीतसंगीतले अहिले राम्रो चर्चा पनि पाइरहेका छन् । राजेश हमाल, जिवन लुइटेल, आयुष रिजाल, जश्मिन श्रेष्ठले अभिनय गरेको यो चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन् ।
लभस्टोरी कथाबस्तुमा निर्माण गरिएको यो सिनेमामा नायक हमाललाई भिन्न गेटअपमा प्रस्तुत गरिएको छ । तर निर्माणपक्षले भने प्रचारका लागि तयार पारेको पोष्टरबाट हमालको नयाँ गेटअपलाई लुकाएको छ ।
यसअघि ‘मेरो जीवन साथी’ नामक सिनेमा प्रदर्शनमा आइसकेकाले पनि दर्शक नाममा झुक्किने सम्भावना बढेको छ । तर निर्देशक श्रेष्ठले ‘मेरो मनको साथी’ को नाममा नझुक्किन आग्रह गरेका छन् ।




Yo challdddaina, raamro chhaina yo film.
[Reply]