साहरुख र ऐश्वर्या पुनः पर्दामा देखिदै

बलिउड बादशाह साहरुख खान र विश्व सुन्दरी नायिका ऐश्वर्या रायको जोडी पुनः एकपटक पर्दामा देखिने भएको छ । साहरुखको निर्माणमा फराहा खानले निर्देशन गर्न लागेको चलचित्र ‘ह्याप्पी न्यू इयर’ मा साहरुख र ऐश्वर्याले पुनः रोमान्स गर्ने सम्भावना बढेको हो ।चलचित्रमा मुख्य भूमिकाका लागि निर्देशक फराहा खानले ऐश्वर्यालाई प्रस्ताव गरेकी हुन् । चलचित्रमा अभिनय गर्न नायिका राय पनि सकारात्मक रहेको बताइएको छ । ऐश्वर्याले सिनेमामा अभिनय गर्नका लागि मञ्जुर भएको खण्डमा एक दशक पछि साहरुखसँग उनको जोडी पर्दामा देखिनेछ । साहरुख र ऐश्वर्याले अभिनय गरेको चलचित्र ‘देवदासले’ सुपरहिटको व्यापार गरेको थियो । यसपछि यी दुई कलाकार पर्दामा सँगै देखिएका छैनन् ।

चलचित्र ‘ह्याप्पी न्यू एयर’ मा साहरुखसँगै ऐश्वर्याका पति अभिषेक बच्चनले अभिनय गर्ने पक्का भैसकेको छ । ऐश्वर्याले सिनेमामा काम गर्न राजी भएको खण्डमा फराहा खानका लागि एउटा सुनौलो मौका मिल्नेछ ।

3 Comments on “साहरुख र ऐश्वर्या पुनः पर्दामा देखिदै”

  • khum wrote on 7 March, 2013, 11:55

    good news..

    [Reply]

  • mamtaz wrote on 8 March, 2013, 5:40

    i m so exited…i jst love ashhhh………

    [Reply]

  • Bikram Pokhrel wrote on 9 March, 2013, 17:28

    gud news

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries