जसले बनायो ‘आगो’, उसैले रोक्यो ‘बधशाला’ !

विजय आवाज

तत्कालीन नेकपा माओवादीको जनयुद्धसम्बन्धी विषय उठान गरिएको चलचित्र ‘आगो’ ले सेन्सर बोर्डमा निकै ठूलो झमेला बेहोर्‍यो । जनयुद्धकै समयमा तयार भएको यो सिनेमालाई सेन्सर बोर्डले दिनुसम्म झन्झट दियो । जनयुद्धको समयमा ‘आगो’ फिल्म चलाउन प्रतिवन्धित जस्तै थियो । सिनेमाका थुप्रै दृश्य काटियो । माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै आगोलाई पुनः प्रदर्शनमा ल्याइयो ।करिब ५० बर्ष लामो नेपाली सिनेमाको इतिहासमा चलचित्रले दुख पाएको पहिलो घटना आगो नै हो । तर, आगोलाई राज्य वा यसको शक्तिशाली निकाय नभई सेन्सर बोर्डले नै दुःख दिएको थियो ।

तर, ५० बर्षे नेपाली सिनेमाको इतिहासमा पहिलोपटक चलचित्र ‘बधशाला’ प्रतिवन्धित भएको छ । चलचित्र ‘बधशाला’ नेपाली सेना लोकतान्त्रिक भएपछि, देश गणतन्त्रमा गएपछि प्रतिवन्धित भएको हो । यसैले पनि यो विषय अहिले सर्वाधिक बहस र चर्चामा छ । कुनै पनि सिनेमामाथि राज्यको कुनै एक निकाय नै अघि सरेर रोकेको यो पहिलोपटक हो । तर, ‘आगो’ सिनेमा जसका कारण रोकिएको थियो, ‘वधशाला’ रोक्दा सोही पार्टी सरकारको नेतृत्व गरिरहेको छ ।

जनयुद्ध हाँकेका कमाण्डर डा. बाबुराम भट्टराई अहिले देशकै सबैभन्दा शक्तीशाली पदमा छन् । तर, उनै प्रधानमन्त्री भट्टराईले समेत ‘वधशाला’ का बारेमा बोल्न सकेका छैनन् । नेपाली सिनेमामाथि भएको सेनाको ठाडो हस्तक्षेपमाथि सबै चुप छन् । भट्टराई प्रधानमन्त्री मात्र नभई रक्षामन्त्रीसमेत छन् ।

कुनै पनि सिनेमा सेन्सरमा नै नपुगी रोकिन दुर्भाग्य भएको धेरैको विश्लेषण छ । यसैले पनि चलचित्रकर्मीहरु फागुन २५ लाई सिने क्षेत्रकै लागि कालो दिनका रुपमा मनाउने तयारी गर्दैछन् । सिनेमालाई सेन्सरबोर्डले हेर्नुपर्नेमा अन्य निकायले पत्र काटेर रोक लगाएकोमा चलचित्रकर्मीहरुले कालो दिन मनाउन लागेका हुन् ।

पण्डितलाई प्रारम्भदेखि नै सकस

राजनीतिक विषयवस्तुमा चलचित्र बनाउँदै आएका निर्देशक मनोज पण्डितको यसक्षेत्रको प्रवेश नै विवादित बन्ने गरेको छ । उनको यसअघिको वृत्तचित्र ‘ग्रेटर नेपाल’ माथि नेपालको मार्त्र नभई भारतको समेत आँखा लागेको छ । त्यस्तै उनको दोस्रो चलचित्र ‘दासढुंगा’ ले पनि सेन्सरमा निकै दुख पाएको छ भने तेस्रो चलचित्र ‘बधशाला’ माथि नेपाली सेनाको आँखा परेको छ ।

 

3 Comments on “जसले बनायो ‘आगो’, उसैले रोक्यो ‘बधशाला’ !”

  • I work Bideshi Army wrote on 7 March, 2013, 11:09

    Looktantra ganatantraaa vnndaaimaa, jee pni grrna paaichha ? Narmaaro grnulaai hoo ? Looktantraa Ganatantra ??? Bideshi Army Bolaaako, Kaal khojeeekoo. PradhanMantrai baata httee pni, yiniharrrule Kaaal nai Khojjeeeeko hoo.

    [Reply]

  • Swaroop wrote on 7 March, 2013, 11:41

    Dhikkar chha Ganatantra Nepal ko Loktantrik Nepali Sena (Khas ma naya bottle ma puranai raksi) wa Naya Nepali sena vitra purano Sahi Nepali Sena ko prabirti laai….!!

    [Reply]

  • maniram shrestha wrote on 8 March, 2013, 9:34

    ya ho ra …………….???

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries