आमिरसँग लामो किस दिने अनुष्का इन्टरनेटमा चर्चित

अनुष्का शर्माले ‘रब ने बनादी जोडी’ मा नायक साहरुख खानसँग अभिनय गर्दा कसैले पनि सोचेका थिएनन् होला कि उनी बोल्ड नायिकाको रुपमा उदाउँछिन् । तर सोझी अनुष्का अहिले लिप किस दिन र बिकिनी लगाउन माहिर मानिएकी छिन् ।उनै नायिकाले नायक आमिर खानसँग बलिउडकै इतिहासमा सबैभन्दा लामो लिप किसको सिन दिने भएकी छिन् । छायांकनमा रहेको चलचित्र ‘पिके’ मा अनुष्का र आमिरले सबैभन्दा लामो किसको दृश्य दिनका लागेका हुन् । यि दुइले दिने लिप किस बलिउड चलचित्रमा समावेश अहिलेसम्मकै लामो हुने बताइएको छ ।

आमिरले यसअघि चलचित्र ‘थ्री इडियट्स’ मा नायिका करिना कपुरसँग लिप किस दिइसकेका छन् । यसैबिच अनुष्का शर्माले इन्टरनेट खोजीमा अन्य नायिकालाई उछिनेकी छिन् । डिसेम्बर र जनवरी महिनामा अनुष्काको खोजी इन्टरनेटमा सबैभन्दा बढी भएको छ । यस्तै यो सूचिमा नायक सलमान खान परेका छन् । सलमान र अनुष्कालाई अहिले इन्टरनेट किङ र क्विन उपनामले समेत चिनिन थालिएको छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries