‘मञ्जरी’ को रोमाञ्चक प्रेम कहानी (फोटोफिचर र भिडियोसहित)

टुका इन्टरटेन्मेन्टको व्यानरमा तयार भएको चलचित्र ‘मञ्जरी’ अहिले चर्चामा छ । सामान्य कथालाई आकर्षक तबरले बुनिएको यो चलचत्रिलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा गौरब पहाडी र सुजाता कोइराला पहिलो पटक नेपाली रजतपटमा भित्रदै छन् । दुई कलाकारको साथमा चलचित्रमा वरिष्ठ कलाकार टिका पहाडीको पनि अभिनय छ ।‘मञ्जरी’ सामान्य तर मन छुने सिनेमा रहेको दाबी निर्देशक पाण्डेको छ । उनले भने, ‘चलचित्रलाई नाटकिय भन्दा पनि वास्तविक बनाउन खोजिएको छ । यसैले कलाकार र लोकेशनमा हामीले धेरै नै ध्यान दिएका छौ ।’‘लैलामज्नु, रोमियो जुलियटको प्रेमकथालाई सुनेका दर्शकले ‘मञ्जरी’ लाई पनि सोहि रुपमा पाउनुहुनेछ’, पाण्डेले भने । अधिकांश दृश्य वुटवलमा छायांकन गरिएकाले पनि चलचित्रमा स्थानिय कलाकार र भाषाको प्रयोग बढि छ ।चलचित्रमा कालिप्रसाद बास्कोटाको संगीत, महेश पौडेलको छायांकन, अनन्त तिमिल्सिनाको सम्पादन, गम्भिर बिष्टको नृत्य निर्देशन छ । चलचित्रलाई नरेश पाण्डे र महेश चालिसेले निर्माण गरेका हुन् ।

चलचित्रमा समावेश ‘दैव हे’ बोलको गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । चलचित्र चैत्र ९ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

One Comment on “‘मञ्जरी’ को रोमाञ्चक प्रेम कहानी (फोटोफिचर र भिडियोसहित)”

  • With Love From Desert wrote on 24 February, 2013, 12:36

    Yo mullan Kuhurachor jasto actor lai ke rakkheko hola? Tika Pahadi ko chhora ta Ji ustaad honita feri!!

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries