दुर्घटनाबाट यसरी बचे म : प्रमोद खरेल
गायक प्रमोद खरेल शुक्रबार राती ८ बजे सवारी दुर्घटनामा परेका छन् । पर्वत महोत्सवबाट पोखरा र्फकदै गर्दा उनी प्रमोद सवारी दुर्घटनामा परेका हुन् । सवारीको अवस्था हेर्दा गम्भिर दुर्घटना देखिएपनि प्रमोद भने आफ्नो अवस्था सामान्य नै रहेको बताउछन् । आखिर कसरी भयो प्रमोदको दुर्घटना, उनकै शब्दमा :
शुक्रबार बेलुकी म र एकजना साथी पर्वत महोत्सव सकेर ट्याक्सीमा पोखरा र्फकदै थियौ । हामी ट्याक्सीमा महोत्सवको रमाइलो क्षण साटासाट गर्दै आउँदै थियौ । अकस्मात हामी चढेको ट्याक्सी अनियन्त्रित भयो । विपरित दिशाबाट आउदै गरेको गाडीको लाइटका कारणले गर्दा चालकले ट्याक्सी नियन्त्रण गर्न सकेनन् । उनले ट्याक्सीको ब्रेक लगाए । यसपछि त ट्याक्सी एक्कासी पल्टियो र ४ बल्ड्याङ खादै एक घरको आगनमा रहेको विजुलीको पोलमा गएर ठोक्कियो । ट्याक्सीको सबैतिरको शिशा लगाएकाले पनि हामी एकछिन आत्तियौ । ट्याक्सी पल्टदै गर्दा सास नै बन्द भएजस्तो भयो । जब ट्याक्सी पोलमा ठोक्किएर गुल्टन रोकियो, मैले ट्याक्सीको सिसा फोरे र बाहिर निस्किए । ट्याक्सीको अवस्था हेर्दा कसरी बाँचिएछ भन्ने लाग्यो । मैले बाहिर निस्किएर कुचिएको ट्याक्सीको फोटो पनि खिचे । स्थानिय बासिन्दाको सहयोगमा हामीलाई पोखराको चिरक अस्पतालमा लगियो । ड्राइभरलाई पनि चोट लागेको थियो । घटना एक्कासी भयो, मैले त केही पनि सोच्न सकेको छैन ।
शनिबार बिहान म प्लेनमा काठमाण्डौ आइपुगे । बाहिर खासै चोटपटक लागे जस्तो देखिदैन, तर भित्र भित्र दुखेको छ । विशेषगरी टाउको र कुममा दुखेको छ । तर पनि हिजोको भन्दा स्वास्थ्यमा सुधार आउँदैछ । घटना हेर्दा म कसरी बाँचे भन्ने लाग्दैछ । तर भगवान र श्रोताको साथले मलाई बचायो ।




congraluation for your NEW LIFE
[Reply]
Pramod ji hami pani tapaiko pachi pachi aayaka thiyaun dimuwa dekhi accident kasari bhayo bhanne pura na khulaya pani tapai haru le ma pa se dherai gareko hamile dekhekai ho tesaile ma pa se ma ali bichar puraunu hola
[Reply]
gol Reply:
February 25th, 2013 at 4:39 pm
Ho Ho Ma Pa Se garera nai accident hune ta ho ni. Jyan jala hai sathi bekarma.
[Reply]
Thank GOD for saving the life of Pramod ……….. I wish soon recovery in his health .
[Reply]
pramod sirko yo ghatnale ma lagayat sampurna sangit premilai nai sasangkit banayako6.aja ayasaima khusi6u ki uhako jyan bagiyako6,,,,,
[Reply]