‘छड्के’ इन, हिन्दी आउट

राम्रो सिनेमा बन्यो भने हिन्दी सिनेमाले पनि कुनै असर गर्दै भन्ने उदाहरण शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छड्के’ले प्रस्तुत गरेको छ । काठमाण्डौका अधिकांश हलसहित देशभर प्रदर्शनमा आएको यो चलचित्रले उत्साहजनक सुरुवात गरेको छ ।शुक्रबारबाटै प्रदर्शनमा आएको हिन्दी चलचित्र जिल्ला गजियाबादलाई ‘छड्केे’ले उछिनेको हो । काठमाण्डौको बिहानी शो मा हिन्दी चलचित्र उतारेर ‘छड्के’ लगाइएको छ । काठमाण्डौको गोपीकृष्ण अन्र्तगतको कृष्णमा मात्र लगाइएको ‘छड्के’ हेर्न दर्शकको उच्च चाप भएपछि गोपीमा पनि लगाइएको छ । गोपीमा सुरुवातमा हिन्दी सिनेमा लागेपनि ‘छड्के’को माग भएपछि हिन्दी सिनेमालाई हटाएर नेपाली सिनेमा लगाइएको हो ।

काठमाण्डौका सम्पुर्ण मल्टिप्लेक्स हलमा ‘छड्केे’ले एकछत्र राज गरेको छ । निर्माता तथा वितरक प्रदिप उदयले राम्रो सिनेमा आयो भने चलचित्र हलहरुले हिन्दीलाई प्राथमिकता दिदैनन् भन्ने उदाहरण ‘छड्के’ले प्रस्तुत गरेको बताए ।

माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यो सिनेमामा सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । पि्रन्सेस मुभिज र रस ताण्डवको व्यानरमा तयार भएको ‘छड्के’लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।

2 Comments on “‘छड्के’ इन, हिन्दी आउट”

  • Rabib jagari wrote on 22 February, 2013, 13:37

    Best of luck chdke .

    [Reply]

  • sudip raj malla wrote on 23 February, 2013, 5:41

    Keep it up.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries