भर्जिन ‘छड्के’

उसै त निर्माता माधव वाग्ले कुनै पनि कार्यक्रममा चर्किन धेरै बेर लगाउदैनन् । झन् आफैले निर्माण गरेको सिनेमाको कार्यक्रममा उनको चर्काई नहुने कुरै भएन । चलचित्र ‘छड्के’को प्रदर्शनको एक दिन अगाडी आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्माता वाग्ले मझैले कड्किए, तर रमाइलो तबरले ।उनले पत्रकारलाई प्रश्न सोध्नुहोस् भन्दै कराए । पत्रकारले प्रश्न नसोधेपछि उनले नामै तोकेर भने, प’त्रिकामा त लेख्नुहुन्छ, सोध्नुहोस् न मलाई प्रश्न ?’ माधव वाग्लेले यसो भनिरहदा कार्यक्रम हल हाँसोले गुञ्जयमान भयो ।

निर्देशक निमग श्रेष्ठले चलचित्र प्रदर्शनमा आएपछि मात्र मुख खोल्ने भन्दै केही बोलेनन् । नायिका नम्रता श्रेष्ठले पनि निगमकै भाषा दोहोर्‍याउदै सिनेमाको बारेमा मुख खोलिनन् । यता कलाकार दयाहाङ राइले छड्केको निर्माण कसरी भयो भन्ने बारेमा रमाइलो प्रसंग सुनाए ।कार्यक्रममा चलचित्रको अडियो बिमोचन पनि गरिएको थियो । कार्यक्रममा कड्कदै बोलेका निर्माता वाग्लेले भने, ‘मेरो सिनेमा कतैबाट पनि प्रभावित छैन यसैले यो भर्जिन छ ।’ उनले सिनेमालाई पनि भर्जिनको संज्ञा दिदा धेरैले अचम्म मानेका थिए ।

पि्रन्सेस मुभिज र रस ताण्डवको संयुक्त व्यानरमा तयार भएको यो सिनेमामा सौगात मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । शुक्रबारबाट एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रले ओरालो लागेेको सिने नगरीलाई माथी उकास्ने आशा गरिएको छ ।

4 Comments on “भर्जिन ‘छड्के’”

  • chuda wrote on 21 February, 2013, 12:53

    may b picture is virgin but the artist are not. they already play holy with virgin.

    [Reply]

  • I.Shre wrote on 21 February, 2013, 14:47

    Yo film ta, heruprrchha. kinkii, yesslee, Snndeess dinnchha.

    [Reply]

  • chiranjibi Sapkota wrote on 21 February, 2013, 16:09

    good

    [Reply]

  • Binaya shrestha wrote on 22 February, 2013, 16:07

    Namrata is back again…..

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries