स्वर्ग भन्दै नेपालमा चाइनिज सिनेमाको छायांकन

केही समय अघि हलिउड चलचित्र ‘हाइवे टु धम्पुस’ को छायांकन नेपालमा भयो । नायक राजवल्लभ कोइराला मुख्य भुमिकामा रहेको यो सिनेमाको सम्पुर्ण युनिट अहिले अमेरिका फर्किसकेको छ ।यस्तै केही दिन अघि मात्र एक हलिउड चलचित्रको छायांकन नेपालमा गरियो । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अतिथी भुमिकामा रहेको उक्त सिनेमाले नेपालमा हुने गरेको चेलिबेटी बेचविखनलाई उठान गरेको छ ।

यसरी पछिल्ला दिनमा नेपाल विदेशी सिनेमाको लागि उचित छायांकनस्थल बन्दै गएको छ । हालै मात्र चितवनको सौराहामा ११० जना चाइनिज सिनेमाको टोली आइपुगेको छ । ‘अप इन द विन’ नामक सिनेमाको छायांकनका लागि चाइनिज जम्बो टोली नेपाल आएको हो ।

यो सिनेमाको निर्माण युनिटमा ९० जना नेपाली रहने बताइएको छ । सिनेमाको टेक्निकल डिरेक्टर आकाश अधिकारी छन् । नेपाली भूमिलाई विश्वकै सबैभन्दा सुन्दर स्वर्ग भन्दै चाइनिज सिनेमाको टोली नेपाल आएको हो । टेक्निकल डिरेक्टर आकाश अधिकारीले भने, ‘उनीहरु नेपाललाई स्वर्ग भन्छन्, यसैले सम्पुर्ण छायांकनको सेड्युल बनाएर नेपाल आएका हुन् ।’ सिनेमाको छायांकन मार्च महिनाबाट सुरु हुनेछ ।

नेपालीहरु छायांकन स्थल खोज्दै विदेश पुगिरहेको समयमा विदेशीहरु भने नेपाललाई स्वर्ग भन्दै आइरहेका छन् । यसले नेपाली कलाकार र व्यवसायिहरुलाई फाइदा हुने पक्का छ ।

8 Comments on “स्वर्ग भन्दै नेपालमा चाइनिज सिनेमाको छायांकन”

  • I.Shre wrote on 21 February, 2013, 8:02

    Ksri Chinese Film Nepalmaa ghusaaauneee Holaa vnera Dhaau Hereeko chha. Ani, Ksri Chinese haaru indian vnndaa Bddi Bnaaunee holaa vnera Khojeeko chha. euta n Euta Nihulee aaauchha nii.

    [Reply]

  • Gasht wrote on 21 February, 2013, 9:10

    tara nepali le nepal lai kahile bujhne ho ta sworg

    [Reply]

  • सीताराम wrote on 21 February, 2013, 9:14

    dhoti bhanda ta chiness nai thik ni keta ho.

    [Reply]

    chetri Reply:

    saathhi le chinese sanga sangat gareko chaina jasto chha…chinese haru 1 number ko harami huncha….sarkar daaka nai bhae pani manche ta indian nai thik chinese bhanda

    [Reply]

  • bashudev sharma wrote on 21 February, 2013, 15:00

    हामीलाई पो नजिकको तीर्थ हेला भएको छ ।

    [Reply]

  • krishns subedi wrote on 21 February, 2013, 16:06

    teo ta ramro kura ho?

    [Reply]

  • aanup wrote on 21 February, 2013, 17:59

    saathi ho yo ta nepali haru ko lagi ramro kuro ho tara yes ma pani cinema team le maoobadi lai vag dinu parla ni natra shooting banda garidela…………………….

    [Reply]

  • purushottam wrote on 21 February, 2013, 23:36

    hami nepali laya chinna nasakao desh bidashila chencha nepali ko ta arula gara pachi matra garna bani pari sakacha dukha lagcha.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries