लादेनको फिल्मले अमेरिकामा तहल्का

अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनलाई खोज्न थालिएको अभियानमा बनेको फिल्मले अमेरिकी बक्स अफिसमा पहिलो तीन दिनमा साढे २ करोड डलर कमाएको छ । लादेनको मृत्यु सन् २०११ मा पाकिस्तानको एटबाबादमा भएको थियो । अमेरिकी सेनाले चलाएको विशेष अभियानमा लादेन मारिएका थिए । ‘जीरो डार्क थर्टी’ले अमेरिकामा सातामा सबैभन्दा धेरै कमाई गरेको छ ।

दोस्रो नम्बरमा ‘ए हन्टेड हाउस’ छ । निर्देशक क्याथरीन बिगेलोको फिल्म ‘जीरो डार्क थर्टी’ गत साता मात्र ओस्कार अवार्डको पाँच विधामा मनोनित भएको छ भने आइतबार गोल्डन ग्लोब अवार्डमा जेसिका चेस्टेनले यही फिल्मका लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेकी छिन् ।

क्याथरीनको अघिल्लो फिल्म इराक युद्धमा आधारित थियो र यसले ६ विधामा ओस्कार अवार्ड जितेको थियो । सोधपुछलाई आक्रामक रुपमा प्रस्तुत गरिएको भन्दै फिल्मको अमेरिकामा आलोचना समेत भएको थियो ।

 

One Comment on “लादेनको फिल्मले अमेरिकामा तहल्का”

  • Kumar Gurung wrote on 17 January, 2013, 7:38

    Laden is Still ALIVE….In Our Mind In Our Heart..In Soul

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries