‘ह्याप्पि बर्थ डे’ दीपिका

बलिउडमा युवापुस्तामाझ लोकप्रिय नायिका दीपिका पादुकोणले शनिबार आफ्नो २६ औं जन्मदिन मनाएकी छिन् । सन् १९८६ मा डेनमार्कको कोपनहेनगमा जन्मिएकी पादुकोणले चलचित्र ‘ओम शान्ति ओम’ मार्फत बलिउड नगरीमा आफ्नो पाइला राखेकी हुन् । उनलाई यही सिनेमाले फिल्मफेयरमा उत्कृष्ट नब अभिनेत्रीको अवार्ड समेत दिलाएको थियो । उनले आफ्नो फिल्मी करिअर सुरु गर्नुअघि विज्ञापन र मोडलिङमा आफुलाई उभ्याएकी थिईन् । दीपिका आज बलिउडको चर्चित नायिकाको रुपमा परिचित छिन् । उनको सन् २०१३ मा ४ सिनेमाहरु प्रदर्शनको तयारीमा छन् । दीपिका नायक रणबिर कपुरसँगको प्रेम र रोमान्सले पनि केही समय अघि चर्चित थिईन् ।

विश्भर चर्चित रहेकी नायिका दीपिका पादुकोणलाई हाम्रो तर्फबाट पनि ह्याप्पि बर्थ डे ।

 

3 Comments on “‘ह्याप्पि बर्थ डे’ दीपिका”

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries