वनभोजको तयारीमा चलचित्र पत्रकार

नेपाली सिनेमाको बिषयमा निरन्तर समाचार लेख्दै आएका चलचित्र पत्रकारहरु बनभोज जाने तयारीमा जुटेका छन् । पौष २२ गते आइतबार थानकोट स्थित त्रिभुवन पार्कमा पत्रकारहरुले बनभोज जाने तयारी गरेका हुन् । एकआपसमा भाइचाराको सम्वन्ध सुमधुर बनाउन तथा पत्रकारहरुको एकता सुदृढ बनाउन बनभोजको आयोजना गर्न लागिएको संयोजक सन्दिप सापकोटाले बताए ।उनका अनुसार वनभोजका लागि ४० जना पत्रकारहरुले आफ्नो नाम दर्ता गराएका छन् । बनभोजमा चलचित्र पत्रकारहरुको आचारसंहिता, एकता र अब कसरी अघि बढ्ने बिषयमा समेत गम्भिर छलफल हुनेछ । पछिल्लो समयमा चलचित्र पत्रकारहरुमाथी कलाकारहरुको आक्रमण समेत बढेकाले यस बिषयमा पत्रकारहरु एक हुने तयारीमा छन् ।

 

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries