महिला हिंसा बिरुद्धको आन्दोलनमा कलाकर्मी (फोटो फिचरसहित)
नेपालमा विगत केही हप्ता यता बढेको महिला हिंसा बिरुद्धको आन्दोलनमा कलाकर्मीहरु समेत उत्रिएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार अगाडी कलाकारहरु पुगेका थिए । महिला हिंसाबिरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन र सरकारको ध्यानाकर्षण गराउन कलाकार संघले यो कार्यक्रमको आयोजना गरेको हो ।
ऐक्यबद्धता जनाउन नायिका नन्दिता केसी, ऋचा सिं ठकुरी, रुपा राना लगायतका कलाकारहरु बालुवाटार अघि पुगेका थिए । यस्तै सरकारलाई झकझकाउन कलाकारहरु बसुन्धरा भुषाल, लक्ष्मी गिरी, दिपाश्री निरौला, मौसमी मल्ल, मिथिला शर्मा, कविता शर्माको समेत उपस्थिती थियो । यस्तै चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्का, नायक रमेश उप्रेती, कलाकार आकाश अधिकारी, घनश्याम खतिवडा लगायतका चलचित्रकर्मीहरु आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका थिए । आन्दोलनमा पुर्व मिस नेपाल माल्भिका सुब्बा पनि पुगेकी थिइन् ।
उनीहरुले ‘दोषीलाई कारबाही गर’, ‘नारीलाई हिंसा होइन सम्मान गरौ’, ‘नारीको अपमान सहदैनौ’, ‘राजनैतीक संरक्षण बन्द गर’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।










ल हेर्नुहोस नेपाली कलाकारको नाटक, बल्ल आखाको पट्टी खोलीए जस्तो , तर हेर्नुहोस न……. कलाकार मन देखि आन्दोलनमा आएको हो कि फेसन सो मा? लाजै मर्नुको हरु।।।।।।।
[Reply]
सहि भन्नु भयो सर । यी छडुलीहरुको नाटक हो यो सवै ।
[Reply]
जन चेतना को कमी हुनु ।भड्किलो लुगा लाउनु त होलानि,यो बिरोध होकी फेसन सोहो होनि,
[Reply]
kalakar haru bichara uniharu pani bed tatayra teha puge6 ani k ko mukh dekhauna sak6ra andolanma sabaile janeko kura honi hoinara ?
[Reply]
ye ne haru pani ta film ma balatkrat vayako holane.
[Reply]