‘रक्षा’ को प्रोमोमा यस्ती देखिइन् पुजना (भिडियो)

चैत्रको दोश्रो साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रक्षा’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोमा नायिका पुजना प्रधानलाई भावुक अवस्थामा देख्न सकिन्छ । चलचित्र भित्र उत्तेजक बेडसिन र आइटम नृत्य गरेतापनि निर्माणपक्षले सार्वजनिक गरेको प्रोमोमा उक्त कुराहरु समावेश गरिएको छैन ।अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेलले आवाज भरेको सेन्टिमेन्टल गीतलाई पृष्ठभुमिमा राख्दै प्रोमोमा पात्रहरुलाई देखाउने काम गरिएको छ । चलचित्रका निर्देशक राजु गिरीले सार्वजनिक गरिएको पहिलो प्रोमोले सिनेमाको बारेमा कौतुहलता जगाउने विश्वास व्यक्त गरेका छन् ।

बस्नेत मुभिजको व्यानरमा तयार भएको चलचित्र ‘रक्षा’मा राजेश हमाल, अशोक फुयाँल, साकिरा घिमिरे, पुजना प्रधान लगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रोमो अनलाइनखबरमार्फत सार्वजनिक गरिएको हो ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries