मन्त्रीले नसुनेपछि आन्दोलनको तयारीमा चलचित्रकर्मी

संचारमन्त्री राजकिशोर यादवले माग पुरा गर्ने प्रतिबद्धता जाहेर गरेको लामो समय वित्दा समेत कुनै सुनुवाई नभएपछि चलचित्रकर्मीले आन्दोलनको तयारी गरेका छन् । २ हप्ता अघि आमरण अनशनमा बसेका चलचित्रकर्मीको अनशन तोडाउने क्रममा यादवले तत्काल माग पुरा गर्ने बताएका थिए । तर प्रतिबद्धता पत्रमा लिखित हस्ताक्षर गरेका यादवले आजसम्म पनि मागका बारेमा कुनै सम्वोधन गरेका छैनन् ।

मन्त्रीले मागमा कुनै सम्वोधन नगरेपछि चलचित्रकर्मीहरु आन्दोलनको तयारीमा जुट्न लागेका हुन् । विहिबार दिउसो २ बजे संचारमन्त्रीलाई चलचित्रकर्मीहरुले अल्टिमेटम प्रस्तुत गर्दै माग पुरा नभए आन्दोलन गर्ने बताएका हुन् । उनीहरुले ‘राष्ट्रिय चलचित्र संरक्षण समिति’सँग भएको ४ बुदे संझौता पुरा गर्न संचारमन्त्रीका स्वकिय सचिवलाई ३ दिने अल्टिमेटम सहितको पत्र वुझाएका हुन् । संचारमन्त्री यादवसँग भेट्नका लागि निरन्तर प्रयास गर्दा पनि नसकेपछि स्वकिय सचिवलाई पत्र वुझाइएको निर्देशक एम.एस अंग्रजले जानकारी दिए । चलचित्र बिकास बोर्डमा पैसा खाएर संचारमन्त्री अध्यक्ष नियुक्तीको तयारीमा लागेको आरोप चलचित्रकर्मीको छ । जसका लागि पप्पु महरठ्ठा र शैलेश आचार्यको नाम चर्चामा छ । तर चलचित्रकर्मीहरु भने सिनेमा क्षेत्रमा निरन्तर योगदान दिएको व्यक्तिको अडानमा छन् । संचारमन्त्रीलाई अल्टिमेटम वुझाउन गएका निर्देशक अंग्रजले भने, ‘मन्त्रीको नालायिकपनको विरुद्धमा अब आन्दोलनको विकल्प छैन ।’

आन्दोलनका लागि चलचित्रसँग आवद्ध विभिन्न संघसंस्थासँग छलफल थालिएको छ । ६ महिनादेखि चलचित्र बिकास बोर्डमा अध्यक्ष पद रिक्त हुदा समेत सरकारले नियुक्त गर्न सकेको छैन । बिकास बोर्डमा अध्यक्ष नहुदा चलचित्र क्षेत्रको विकासमा समेत अवरोध आएको छ ।

One Comment on “मन्त्रीले नसुनेपछि आन्दोलनको तयारीमा चलचित्रकर्मी”

  • iuiii wrote on 3 January, 2013, 12:37

    hahahhaha, Aandoolannn !!!! kina ? kuraaa Kaatna ? Kosle ptaaaulaaa r jee vneyo pni !! hahahahah Aandolonnmaa, bahunle bddddi kurrro kaaatttnaa laai ……

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries