मलिनालाई भेट्न अष्ट्रेलियामा राजवल्लभ

अमेरिकामा रहेका नायक राजबल्लभ कोइराला अहिले अष्ट्रेलियामा छन् । अमेरिकाबाट एक्कासी राजवल्लभ अष्ट्रेलिया पुग्नुको कारण पुर्व मिस नेपाल मलिना जोशी प्रतिको मोह हो । विहिबार मात्र अष्ट्रेलिया पुगेकी मलिनालाई भेट्न कोइराला अमेरिकाबाट अष्ट्रेलिया पुगेका हुन् ।चलचित्र ‘ऋतु’ मार्फत नेपाली सिनेमामा नायिकाको रुपमा डेब्यु गर्न लागेकी मलिना यो सिनेमामा नायक राजबल्लभ कोइरालाको जोडीको रुपमा देखिदैछिन् । चलचित्रको छायांकन अष्ट्रेलियामा हुने जानकारी निर्माणपक्षले दिएको छ । सिनेमाको छायांकनका लागि राजवल्लभ र मलिना अष्ट्रेलिया पुगेका हुन् । चलचित्रलाई अपिल विष्ट फिल्मस्, प्लानेट थ्री फिल्मस् र ए.एल.पी इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण गरिदैछ ।

चलचित्रको निर्देशन नव निर्देशक मनोज अधिकारीले गर्दैछन् । चलचित्रले युवावर्गको सोच र संघर्षलाई मुख्य बिषय बनाएको बताइएको छ । चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा गरिनेछ । पुर्व मिस नेपाल मलिना जोशीले यसअघि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कलिउड’ को शिर्ष गीतमा आइटम नृत्य गरेकी छिन् । नेपाली सिनेमामा मिस नेपालहरुको मोह खासै नभएको अवस्थामा मलिनाको आगमनलाई भने सुखद मान्न सकिन्छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries