‘वधशाला’ रोक्न रक्षाको पत्र

चलचित्र ‘वधशाला’ को प्रमोशन र प्रदर्शन रोक्न भन्दै रक्षा मन्त्रालयले सुचना तथा संचार मन्त्रालयको नाममा पत्र काटेको छ । वधशालामा नेपाली सेनाको पोशाकको दुरुपयोग भएको लगायतका बिषयमा आपत्ति जनाउदै तत्कालका लागि सिनेमाको सम्पुर्ण गतिविधी रोक्न रक्षा मन्त्रालयले सुचना तथा संचारमन्त्रालयका नाममा पत्र काटेको हो ।पत्रमा भनिएको छ, ‘नेपाली सेनाको पोशाक लगाई छायांकन गरिएको लगायतका बिषयमा सम्वन्धित पक्षसँग अनुमती नलिई छायांकन गरिएको हुदा चलचित्र ऐन २०२६ र चलचित्र नियमावली २०५७ अनुसार सिनेमाको प्रदर्शनका लागि इजाजत प्रदान नगर्नु हुन र गरिसकेको भए चलचित्र हलमा प्रदर्शनका लागि रोक लगाइदिनुहुन नेपाल सरकार (सचिवस्तर) को निर्णय भएको व्यहोरा अनुरोध गरिन्छ ।

चलचित्रको प्रदर्शन रोकिएपछि निर्माता मोहन डोटेलले अनलाइनखबरसँग कुरा गर्दै भने, यसले अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथी हनन गरेको छ । उनले भने, ‘नेपाली सेनाले सिनेमा नै नहेरी रोक लगाउनु दुखद हो ।’ मोहनले भने, ‘सधै नाँचगानाका सिनेमा मात्र बनाउने कि कुनै बिषयलाई खोजेर पनि सिनेमा बनाउने भन्ने कुरा उठिरहेको समयमा नेपाली सेनाको यस्तो कदमले चलचित्र क्षेत्रलाई अघि बढाउन मद्दत गर्दैन ।’ चलचित्र सेन्सरमा पुगेपछि सबै कुरा छर्लङ्ग हुने भनाई निर्देशक मनोज पण्डितको छ । सेन्सर गर्नु अघि नै सिनेमा रोक लगाइनु दुखद भएको वधशालाको निर्माणपक्ष बताउँछ । यो चलचित्र फागुन २५ गतेबाट विश्वव्यापी प्रदर्शनको तयारीमा छ ।

चलचित्रको प्रोमो समेत नेपाली सेनाले रोक लगाउन भनेको छ । चलचित्र युनिटले प्रचारप्रसारका लागि तयार पारेको प्रोमो यस्तो छ :

 

 

5 Comments on “‘वधशाला’ रोक्न रक्षाको पत्र”

  • Jivn wrote on 27 January, 2013, 10:40

    “badhshala ” r “mainasunaar” . yo ta Maoist film hoo. tra pni hamilaai mnn Prrdaina. mjaaalee kmaauna vnera, Nepalko Beiiijaat grera film bnaako ! ( worldmaai, Nepalko golli thokknii kraardd bnaako,) Army ko Birrudhamaa bnaako, testoo Naalikkoo kirrooDallitBahun,

    [Reply]

  • akash wrote on 27 January, 2013, 12:09

    ekpas6iya hisab le movie banayeko dekda yo film roknu nai parne dekhiyo bidesh ma padeko bhandai ma jathavhabi film nirdesan garne murka pandi t hosiyar ekk pa6a banis bhane ta varautte nai hollas…

    [Reply]

  • sulav khadka wrote on 27 January, 2013, 23:49

    hoina pagal bhayo ki kya ho nepal army?? janayuddha ko belama maobadi bhandai nepali janata marera pugena yinarulai?? k nepal lai afganisthan banauna khojya hoki nepal ma army pani cha bhanera dekhauna khojya ho?? bakwass… harek desh ko army le yesto sochyo bhaneta usa ra india ko sabai war movies haru banned hune thiye,…

    [Reply]

  • Min wrote on 28 January, 2013, 6:27

    This is not film. I hate, Nepalko Birrudhmaa jaaneelaai. No interest, this is not film

    [Reply]

  • Gurung Kanchha wrote on 28 January, 2013, 9:33

    Maobadi ko pichhlaggu mohan ji Maoist harule tetra nepali lai tauko kateko hatkhutta bhachera mareko jhundyaara mareko dekhenas khubi chha bhane tes ma aadharit film banayara dekha na

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries