रेश २ ले कमायो २ दिनमै ३५ करोड

सन् २०१३ को सुरुवाती महिना बलिउड नगरीका लागि फाइदाजनक देखिएको छ । बर्षको सुरुवातमा प्रदर्शनमा आएका केही सिनेमा असफल भएपनि रेश २ ले राम्रो सुरुवात गरेको छ । समिक्षकको राम्रो साथ नपाएपनि रेश २ ले शुक्रबार र शनिबार ३५ करोडको व्यापार गरेको छ ।शुक्रबार १५.१० करोडको व्यापार गरेको यो सिनेमाले शनिबार १९.७५ करोडको व्यापार गरेका हो । यस्तै रेश २ ले ओभरसिजमा पनि राम्रो सुरुवात गरेको छ । सिनेमाले ओभरसिजमा ७.३५ करोड को व्यापार गरेको हो । आइतबार यसको व्यापार अझ बढ्ने बिश्लेषण गरिएको छ । ३ दिनमा ५० करोडको व्यापार गरेको खण्डमा रेश २ ले १०० करोडको व्यापार सजिलै गर्ने दाबी धेरैको छ । दिपिका पादुकोण, सैफ अलि खान, जोन अब्राइम, ज्याक्लिन, अमिशा पट्टेल, अनिल कपुर लगायतका स्टारहरुले अभिनय गरेको यो सिनेमा सन् २००८ मा तयार भएको रेश को सिक्वेल हो ।

2 Comments on “रेश २ ले कमायो २ दिनमै ३५ करोड”

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries