डबिङ नगर्ने भनेपछि पोष्टरमा अटिनन् नायिका

चलचित्र ‘रक्षा’ मा अभिनय गरेकी नव नायिका सारिका घिमिरेलाई पहिलो गासमै ढुंगा लागेको छ । चलचित्रको प्रचारप्रसारमा आफुलाई पछि पारेको भन्दै घिमिरेले सिनेमाको डविङ नगर्ने बताएपछि निर्माणपक्षले उनको तस्बिर पोष्टरबाट समेत हटाएको छ ।चलचित्रको प्रचारमा नायिका पुजना प्रधान र नव कलाकार खुशी थापाको अनुहार मात्र निर्माणपक्षले अघि सारेको भन्दै घिमिरेले डविङ नगर्ने बताएकी हुन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘बरु मलाई सिनेमा नगरीमा जम्नु छैन तर निर्देशक राजु गिरीले मलाई प्रचारका लागि अघि नल्याएकाले म डविङ गर्दिन । ‘ नायिकासँग बारम्बार विवादमा फस्ने गरेका राजुको यसपटक पनि सारिकासँग चिसो सम्बन्ध उत्पन्न भएको छ ।

यता निर्देशक राजु गिरीले चलचित्रमा पुजना र खुशीको बेडसिन भएकाले पनि चर्चा धेरै भएको बताए । तर मुख्य भुमिकामा भने सारिका नै हुन्, राजुको भनाई छ । चलचित्र क्षेत्रको यात्रा थाल्न नपाउदै सारिकाले झमेला झिकेपछि उनको करिअर संकटमा परेको छ ।

पबन बस्नेतको निर्माणमा तयार भएको यो चलचित्रमा राजेश हमाल, अशोक फुयाँल, सुशान्त कार्की लगायतका कलाकारले पनि मुख्य भुमिका निर्वाहा गरेक छन् । नव नायिका सारिका घिमिरेले अड्चन झिक्दै डविङ नगर्ने बताएपछि निर्माणपक्षले उनको भुमिकामा फरक आवाज डब गराउने तयारी गरेको छ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries