एउटै स्टेजमा ४ सुन्दरी प्रतियोगिता

नेपालमा पहिलो पटक एउटै स्टेजमा चार सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रममा लिटिल मिस, नेपाल, मिस टिन, मिस इन्टरनेसनल र मिसेज नेपाल गरी चार छुट्टै सुन्दरी प्रतियोगितामा विजयीहरुले एउटै स्टेजमा क्राउन लगाएका थिए ।प्रतियोगितामा लिटिल मिस नेपाल बन्न सफल गाजल चौधरी, मिस टिन इन्टरनेसनल भएकी सदीक्षा रेग्मी, मिस इन्टरनेसनल बनेकी ओशिका न्यौपाने र मिसेज नेपाल बन्न सफल रजनी थापाले ताज पहिरिएका हुन् । मिस इन्टरनेशनल बन्न सफल सदिक्षालाई नायक रेश महरठ्ठाले क्राउन पहिराएका थिए । प्रतियोगिताका विजयी चारै जना प्रतिष्पर्धीले ५० हजार नगद पुरस्कारसहित क्राउनका साथमा अन्तराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजक संस्था ई प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

प्रतियोगितामा लिटिल मिस नेपाल तर्फ प्रशंसा सिटौला फस्ट रनरअप, र रुबिना फुयाँल सेकेन्ड रनरअप भए । त्यसैगरी मिस टिन इन्टरनेसनलमा राखी श्रेष्ठ फस्ट रनरअप र रिनी श्रेष्ठ सेकेन्ड रनरअप भए । मिस इन्टरनेसनलमा फस्ट रनरअपको उपाधि सुजाता गुरुङले जितिन भने सेकेन्ड रनरअप सन्ध्या श्रेष्ठ भइन् । त्यस्तै मिसेस नेपालतर्फ सोमा भुजेलले फस्ट रनरअप र रचना पाण्डेले सेकेन्ड रनरअपको उपाधि जितेका छन् ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries