पप्पु आइतबार बोर्ड नजाने

चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष धमेन्द्र मरबैत्ता पप्पु आइतबार चलचित्र बिकास बोर्ड नजाने भएका छन् । पप्पुलाई सामाजिक बहिष्कारको घोषणा गर्दै बिकास बोर्ड प्रवेशमा चलचित्रकर्मीहरुले निषेध गरेका छन् ।आइतबार पप्पु बिकास बोर्ड जाने हल्ला समेत आन्दोलनरत चलचित्रकर्मीहरु माझ चलेको छ । तर अनलाइनखबरसँग कुरा गर्दै नव नियुक्त अध्यक्ष पप्पुले आफु मंगलबार मात्र बोर्डमा हाजिर हुने बताएका छन् । उनले भने, ‘संचारमन्त्रलायबाट पत्र वुझेको छैन आइतबार पत्र वुझेर मंगलबार बोर्ड जाने तयारीमा छु ।’

चलचित्र बिकास बोर्डमा पप्पु नियुक्त भएपछि आक्रोशित चलचित्रकर्मीहरुले थप आन्दोलनको घोषणा समेत गरिसकेका छन् । पप्पुको बोर्ड प्रवेशसको क्रममा चलचित्रकर्मीहरुसँग झडप हुने निश्चित छ । यसैले पनि पप्पुको बोर्ड प्रबेश सबैका लागि चासोको बिषय बनेको छ ।

One Comment on “पप्पु आइतबार बोर्ड नजाने”

  • जङ्गे रमेश wrote on 27 January, 2013, 7:39

    Pappu Can’t Dance Salllla

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries