आइतबारदेखि सिनेमाको प्रदर्शन बन्द, पप्पुलाई बोर्डमा छिर्न नदिइने
नेपाल सरकारले चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा धमेन्द्र मरवैता ‘पप्पु’ लाई नियुक्त गरेपछि चलचित्रकर्मीहरु आक्रोशित भएका छन् । चलचित्र बिकास बोर्डमा आन्दोलनरत चलचित्रकर्मीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै विरोधका नयाँ कार्यक्रम घोषणा गरेका छन् । प्रधानमन्त्रीलाई भेटेको ४ घन्टा बित्न नपाउदै बोर्डमा नयाँ अध्यक्ष आएको भन्दै चलचित्रकर्मीले धोका भएको ठहर गरेका छन् ।
चलचित्रकर्मीहरुले तत्काल ४ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रमहरु यसप्रकार छन् :
१. यस आन्दोलन ऐक्यबद्धता जनाएका विभिन्न संघसंगठनहरुको समेत सहभागितामा माघ १४ गतेदेखी नेपालभरी सम्पूर्ण चलचित्र घर, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पार्ने ।
२. मन्त्रीपरिषद्ले स्वइच्छाकारी निर्णय गरी नियुक्त गरेको चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र महरवैतालाई बोर्ड प्रबेशमा निषेध गरी सार्वजनिक वहिष्कार गर्ने ।
३. जारी रिले अनशनलाई हालकै स्थानमा यथावत सूचारु राख्ने ।
४. माघ १४ गते बिहान ११ बजे चलचित्र बिकास बोर्ड परिसरमा बृहत्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने ।
पत्रकार सम्मेलनमा बोल्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्रकर्मी माथी धोका भएको भन्दै अब सरकारसँग मुडभेडको अवस्था आउन सक्ने चेतावनी दिए ।
यसैबिच चलचित्र बिकास बोर्डमा चलचित्रकर्मीहरुको जारी रिले अनशन शनिबारबाट १० औ दिनमा प्रवेश गरेको छ । शनिबार रिले अनशनमा नायिका नन्दिता केसी पनि उत्रिएकी छिन् । हालसम्म ६० भन्दा बढी चलचित्रकर्मी रिले अनशनमा बसिसकेका छन् ।




yo byakti kunai hisable thik chhina,yaslai hataunu par6,yo postma bahumukhi prativa vayako,dherai samaya yas linma lagekolai matra bordko adaksha banaunu par6.
[Reply]
College ma ahile ka bipachhai dal ka neta ko sakriya karyekarta le kina samarthan garthiye ni……..College banda garna sikeko balla kam lage cha……timi lai bolna ta sikaye kai rahechan hai….aru na sikaye ni…….
[Reply]
यो सबै गर्नु भन्द जती पनि चलचित्र क्षेत्रमा आवद्द चलचित्र कर्मी हरुलाई के भन्न चाहन्छु भने, तपाईं
१) यस आन्दोलन ऐक्यबद्धता जनाएका विभिन्न संघसंगठनहरुको समेत सहभागितामा माघ १४ गतेदेखी नेपालभरी सम्पूर्ण चलचित्र घर, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पार्ने ।
पैसको लागी नै नायीका हरु नङाएर असालील्ता झल्काएर सिङो देशमा बिकिर्ती फैलाउदै महिला हिन्सा र बलत्कारी जस्ता घटना घट्नुको कारण तपाईं हरुले निर्माण गर्दै आउनु भएको चलचित्र हुन ।
२) मन्त्रीपरिषद्ले स्वइच्छाकारी निर्णय गरी नियुक्त गरेको चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र महरवैतालाई बोर्ड प्रबेशमा निषेध गरी सार्वजनिक वहिष्कार गर्ने ।
के अहिले बन्ने गरेका चल्चित्र हरुमा १८ बर्षा नपुगेकालाई चल्चित्र हेर्न निषेध गरिएको छ भन्नु हुन्छ, त्यसको कुनै कार्यवयन भएको छरा ? देश भरिका जुन सुकै सिनेमा हल मा १८ बर्षा भन्द माथिल्लो उमेर्का हुँदैनन । किनकी चलचित्र भित्र नङ्गिने, बेड सिन र चुम्मा चाटी अनि सम्बेदन्शिल अङ्गा सुम्सुमाउने र समाउने बाहेक अरु कथा नै हुँदैन ।
हामी नेपाली हौ । पश्चीम मुलुक्का देशको कपि गरेर आफ्नो अस्तित्तोमा ठेश पुरौने काम नगरौ ।
[Reply]
Cinema banda vae ramro,janatalai kehi asar pardaina.
[Reply]