मन्त्री राजकिशोर मेरा ‘फ्यान’- पप्पु

चलचित्रकर्मीहरुको आन्दोलन चलिरहेकै बेला चलचित्र बिकास बोर्डको अध्यक्षमा धर्मेन्द्र महरथ्वा ‘पप्पु’ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले शुक्रबार बेलुका पप्पुलाई विकास बोर्डको अध्यक्ष नियुक्त गरेको हो । अध्यक्ष बनेको भोलिपल्ट शनिबार बिहानै गाडी चढेर काठमाडौं आइरहेका पप्पुले सञ्चारमन्त्री राजकिशोर यादव आफ्नो फ्यान रहेको  अनलाइखबरलाई प्रतिक्रिया दिएका छन् ।आखिर को हुन् पप्पु ?

सिराहा घर भएका पप्पुले आजसम्म २२ भन्दा बढी सिनेमा निर्माण गरिसकेका छन् । चलचित्र निर्माता संघको साधारण सदस्य समेत रहेका उनले निर्माण गरेका १० भन्दा बढी सिनेमामा आफैले नायक र खलनायकको अभिनयसमेत गरेका छन् । तराई टीभीबाट प्रशारण भएको भोजपुरी सिरियलको निर्माण समेत गरिसकेका पप्पु आफूले मुम्बईमा अभिनयको तालिम समेत लिएर आएको बताउँछन् ।

राष्ट्रिय भाषामा चलचित्र बनाएका पप्पुले आजसम्म नेपाली भाषाको सिनेमा भने निर्माण गरेका छैनन् । भोजपुरी भाषामा बनेका सुहागिन, बिर्जुवा ठेलावाला, कुरुची, सिपाही सैया, सिन्दुर दान जस्ता चर्चित सिनेमा उनले निर्माण गरेका छन् । यस्तै उनले नेपाली भाषाको सिँउदो नामक सिरियलको निर्माण गरेका छन् ।

मन्त्री राजकिशोर पप्पुको ‘फ्यान’

मन्त्री राजकिशोर यादवलाई पैसा ख्वाएर बोर्ड अध्यक्ष बन्नुभएको भन्ने आरोप छ नि ? भन्ने अनलाइनखबरको प्रश्नमा पप्पुले हाँस्दै भने, राजकिशोर जी मेरो फ्यान हो । उहाँले विद्यार्थी जीवनमा आन्दोलन गरिरहँदा म सिनेमा नगरीमा थिएँ । उहाँ त्यतिबेलादेखि नै मलाई रुचाउनुहुन्थ्यो । चलचित्र क्षेत्र लथालिङ्ग भएको भन्दै उहाँले तपाई जस्तो व्यक्ति आएर सम्हाल्नु पर्ने भनाइ राख्नुभयो । त्यसपश्चात म चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि तयार भएको हुँ । पप्पुले भने, मैले मन्त्री ज्यूलाई केही ख्वाएको छैन ।

आन्दोलन गरिरहेका चलचित्रकर्मीले आफूलाई स्वीकार नगरेको विषयमा धर्मेन्द्र भन्छन्, ‘उहाँहरुलाई चलचित्र बिकास बोर्डको अध्यक्ष पद चाहिएको हो कि नीति चाहिएको हो ? त्यो मैले बुझेको छैन । म बोर्डमा गएर कस्तो काम गर्छु भन्ने नै नबुझी विरोध गर्नु गलत हो ।’

के छ पप्पुको योजना ?

सिनेमा क्षेत्र अस्तव्यस्त भएको भन्दै पप्पुले आफुले सकारात्मक कदम चाल्ने बताए । उनले भने, ‘फिल्म सिटी निर्माण गरी चलचित्रकर्मीको भविष्य सुरक्षित गर्ने मेरो कदम हुनेछ ।’ यस्तै चलचित्रकर्मीले राखेका मागमध्ये चलचित्र बिकास बोर्डले पूरा गर्न सक्ने माग आफूले तत्काल पूरा गर्ने उनले आफ्नो योजना सुनाए ।

सरकारले पप्पुलाई बोर्डको अध्यक्षमा नियुक्त गरे पनि चलचित्रकर्मीहरुले भने उनलाई नस्वीकार्ने भन्दै आन्दोलन गरिरहेका छन् । विभिन्न ९ सुत्रीय माग अघि सार्दै आन्दोलनमा उत्रिएका चलचित्रकर्मीहरु झनै आक्रोशित भएका छन् । चलचित्र बिकास बोर्डमा चलचित्रकर्मीकै नेतृत्व हुनुपर्ने मागलाई सरकारले सम्बोधन नगरेको भन्दै चलचित्रकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

 

5 Comments on “मन्त्री राजकिशोर मेरा ‘फ्यान’- पप्पु”

  • Namaraj gautam wrote on 26 January, 2013, 2:26

    Pappu lai handeu jhappu………..tehita jas sing chaina uhi goru ko naam tikhe.

    [Reply]

    bir bahadur dhami Reply:

    aru le tapai bhanos ki navanos afai mapai ….yesto ta cha board ko adachye …tait….

    [Reply]

  • Swatantra Madhesh wrote on 26 January, 2013, 11:14

    Madhesh ra madheshi ko nau ma kalank thapne Minister Raj Kishor Yadav ko yadi inquiry garne ho bhane kun kun case ma paisa khayeko ho pakka thaha hunchha. Paisa na khai kaam nagarne mantri hundai hoinan Raj Kishor Yadav….. Please follow him nicely…..

    [Reply]

  • shyambir wrote on 27 January, 2013, 9:54

    hey madhesh k garna lageko hamro desh

    [Reply]

  • ramesh wrote on 28 January, 2013, 3:36

    yo madheshi lai ta hudai hudaina

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries