यशराज ब्यानरबाट कटि्रनालाई बाई-बाई

यशराज ब्यानरले आजसम्म नायक साहरुख खान र अमिताभ बच्चनलाई मात्र आफ्नो ब्यानरमा दोहोर्‍याएको छ । यस्तै नायिकाको रुपमा अनुष्का र रानी यो ब्यानरमा दोहोरिएका छन् । यशराजलाई सिमित कलाकारलाई मात्र स्थान दिने गरेको भन्दै धेरैले आरोप पनि लगाएका थिए । तर अब समय बदलिएको छ । सन् २०१२ को सर्वाधिक चर्चित २ सिनेमामा अभिनय गरेकी नायिका कटि्रना कैफलाई यशराज ब्यानरले पुनःआफ्नो व्यानरमा लिन हिचकिचाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यशराजको नयाँ सिनेमाका लागि निर्देशक अलि जफरले कटि्रनाको नाम प्रस्ताव गरेका थिए । तर निर्माता आदित्य चोपडाले कटि्रनाको ठाउँमा नयाँ नायिका राख्न भनेपछि उनले नायिका पि्रयंका चोपडाको नाम सिफारिश गरेका छन् ।

यस्तै आयुष्मान खुरानालाई लिएर यशराज ब्यानरले निर्माण गर्न लागेको नयाँ चलचित्रमा सुरुवातमा कटि्रनाको नाम प्रस्ताव गरिए पनि आदित्य चोपडाले उनको ठाउँमा सोनम कपुरको नाम अघि सारेका छन् ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries