साहरुखले उछिने सलमानलाई, एक बर्षमा २ अर्ब कमाई

बलिउडमा नायक साहरुख खान र सलमानको चर्चा सर्वाधिक हुनेगर्दछ । लामो समयदेखि एकअर्का बिच दुश्मनी मोल्दै आएका यि दुई खानले संचारमाध्यममा सधै नै स्थान पाइरहेका हुन्छन् । सलमान र साहरुख मध्ये को नम्बर १ भन्ने चर्चाले पनि बलिउड तातिरहेको हुन्छ ।तर विश्वकै चर्चित म्यागेजिन फोब्र्सले नायक साहरुख खानलाई भारतको सबैभन्दा चर्चित र शक्तिशाली सेलिब्रेटीको सूचिमा राखेको छ । भारतका १ सय चर्चित सेलिब्रेटीको सुचिमा साहरुख अग्रस्थानमा रहेका छन् । उनले आफ्नो प्रतिस्पर्धी सलमान खानलाई उछिनेका हुन् । फोब्र्सले सेलिब्रेटीको कमाई र चर्चालाई मुख्य आधार बनाएर यो सुचि तयार पारेको हो । यो सुचिको दोश्रो स्थानमा सलमान खान र तेश्रो स्थानमा क्रिकेटर महेन्द्र सिंह धोनी समावेश छन् । फोब्र्सका अनुसार साहरुख खानले सन् २०११ अक्टुबर १ देखि सन् २०१२ सेप्टेम्बर ३० सम्म २०२.८ करोड रुपियाँ कमाइ गरेका छन् । यस्तै सलमानले यो अवधिमा १४४.२ र धोनीले १३५.१६ करोड कमाइ गरेका छन् ।

सुचिको चौथो स्थानमा अक्षय कुमार र पाचौ स्थानमा अमिताभ बच्चनको नाम समावेश छ । यो सुचिमा समावेश अधिकांश सेलिब्रेटी ३० देखि ५० उमेरको बिचका छन् । १ सय सेलिब्रेटी को यो सुचि फोब्स इण्डियाको ताजा संकरणमा समावेश हुनेछ । यो संकरण २८ जनवरी २०१३ मा बजारमा उपलब्ध हुनेछ ।

3 Comments on “साहरुखले उछिने सलमानलाई, एक बर्षमा २ अर्ब कमाई”

  • ramjiregmi wrote on 25 January, 2013, 14:57

    yi keya he salman 1 huna chahiye yi nepali jantaka mag he, magar salman bich bich ma film se alag bibadma ta aate jate he lekin fim jagatma no 1 salman he , naito hum saharuk khan ko filmko bahiskar karte hen

    [Reply]

    shyam Reply:

    oe nepali vayera hindi ma huuu talai salman vayepani srk vayepani tero k tauko dukhyo huuu

    [Reply]

  • Shambhu Tears wrote on 26 January, 2013, 11:34

    Shahrukh bhaneko shahrukh nai ho ne….

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries