नायिका हुँ भनेर गर्ब गर्ने ठाउँ छैन

नेपाली सिने क्षेत्रमा पढेलेखेका र बौद्धिक कलाकारहरु नआएको आरोप लागिरहेको बेला पछिल्लो समयमा केही बौद्धिक कलाकारहरुको आगमन भइरहेको छ । यही भिडमा नायिका निशा अधिकारी पनि सिनेमा वुझेकी र वौद्धिक नायिकाका रुपमा चिनिन्छिन् । चलचित्रकर्मीहरुले सुरु गरेको आन्दोलनमा साथ दिन अनशनमा बसेको समयमा नायिका अधिकारीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :कसरी हेर्नुभएको छ चलचित्रकर्मीले गरेको आन्दोलनलाई ?

यदि माग पुरा भयो भने यो सिंगो सिनेमा क्षेत्रका लागि नै राम्रो हो । मलाई एकदमै खुसी लागेको छ किनकी, अहिले भएपनि सबै चलचित्रकर्मीहरु आफ्नै नेतृत्वमा नीति नियम हुनुपर्छ भनेर एकजुट हुनुभएको छ ।

आन्दोलन चलेको लामो समयपछि मात्र तपाई अनशनमा आउनुभयो नि, कहाँ हराउनुभएको थियो ?

म रौतहटमा शितलहरबाट पीडित नागरिकलाई कम्मल बाढ्न पुगेकी थिएँ । यसपछि चितवन महोत्सवमा पनि पुगे । तर पनि चलचित्र कलाकार संघको सह कोषाध्यक्ष भएका नाताले मैले सबै कुराको जानकारी लिइरहेकी थिएँ ।

के सरकारले चलचित्रकर्मीलाई उपेक्षा गरेको हो ?

मलाई सिनेमा क्षेत्रलाई मात्र सरकारले हेला र उपेक्षा गरेको छ जस्तो लाग्दैन । किनकी, यतिबेला सबै क्षेत्रमा सरकारको आखा गएको छैन । फेरि हामी सिनेमा क्षेत्रलाई हाक्न सक्ने विज्ञ व्यक्ति मागिरहेका छौं । मलाई त के लाग्छ भने, यदि हाम्रो क्षेत्रमा सरकाले विज्ञ मानिस पठायो भने सबै क्षेत्रले पनि विज्ञ मानिसको लागि आन्दोलन गर्न सक्छौ । अनि राजनीतिक दलका नेताहरुले कसरी आफ्ना कार्यकता भर्ती गर्न पाउलान् र हैन ? आफ्ना कार्यकता भर्ती गर्न नपाएपछि उहाहरुको राजनीति पनि चौपट हुन्छ, भोली चुनावमा उठ्दा आफ्नै कार्यकर्ताले साथ नदेलान् भन्ने डर होला, यसैले पनि सरकार र मन्त्री ज्यू डराउनुभएको होला । होइन भने आफैले लिखित हस्ताक्षर गरेको प्रतिबद्धता पुरा नगर्नु कतिसम्म लाजमर्दो कुरा हो भन्नुहोस त ।

बोर्डको अध्यक्ष बन्न प्रस्ताव आयो भने, के गर्नुहुन्छ ?

मैले अहिले सम्म यसको बारेमा कल्पना पनि गरेको छैन, र अझै १० बर्ष कल्पना गर्न पनि सक्दिन । किनकी, म यो क्षेत्रमा लागेको नै बल्ल ४ बर्ष भयो । म राम्रोसँग सबैलाई चिन्दा पनि चिन्दीन । फेरि लगाम हातमा लिएर घोडामाथि सुत्यो भने के हुन्छ, सबै भताभुङ्ग हुन्छ नि हैन । यसैले पनि हामी यो क्षेत्रमा विज्ञ र वुझेको मानिसको खोजीमा छौ, जुन क्षमता अहिले मसँग छैन । सिनेमा क्षेत्रको बारेमा वुझेको, नीति नियम बनाउन जान्ने र सिनेमा नगरीलाई आर्थिक रुपमा समेत सबल बनाउन सक्ने मानिस चाहिन्छ ।

सरकारले एक महिना आन्दोल गर्दा पनि सुनेन, अब कसरी अघि बढ्दा राम्रो होला ?

यो कसैको निजी स्वार्थका लागि गरिएको होइन । आफैले बिचार पुर्‍याउनुपर्ने ठाउँमा यति धेरै अनशन बसेर झकझकाउदा पनि सरकाले मान्दैन भने यो भन्दा दुखद र लाजमर्दो कुरा के हुन सक्छ । फेरि उहाँहरुले आश्वासन दिनु भएको छ, आश्वासन समेत दिएर पुरा नगर्नु भनेको सरकारले सिनेकर्मीलाई वेवास्ता गरेको हो । तर कलाकारको क्षमता र बोलिको प्रभाव कति सम्म हुन्छ भन्ने कुरा सरकारले अड्कल काट्न सकेको छैन ।

यो आन्दोलनमा सबै चलचित्रकर्मीले साथ दिएका छैनन् हो ?

हामी अहिले नै एकजुट भएर अघि बढ्न सकेनौ भने कहिले सक्दैनौ । विशेषगरी म नायिकाहरुलाई के भन्न चाहन्छु भने, हाम्रो समयमा नभए पनि आउने पिँढीले राम्रो नीति नियम पायो भने पक्कै पनि यो क्षेत्र सबैका लागि भविष्य बुन्ने राम्रो कर्मथलो हुनसक्ने थियो । नायिकाहरु यो क्षेत्रमा आउँदा पनि टाउको ठाडो बनाएर हिड्न सक्ने थिए । र कुनै पनि बुवा आमाले मेरो छोरी नायिका हो भनेर गर्बका साथ भन्न सक्ने थिए, यसैले सबैलाई आन्दोलनमा साथ दिन आग्रह गर्दछु ।

 

 

4 Comments on “नायिका हुँ भनेर गर्ब गर्ने ठाउँ छैन”

  • Nepali Movie Blogger wrote on 31 January, 2013, 18:45

    नेपाली चलचित्र छेत्र मा रज्नैनिक हस्तछेप भएको छ

    [Reply]

  • Manoj Sharma wrote on 3 February, 2013, 4:41

    निशाजीसँग बसेर एउटा फोटो खिच्न अनि निशाजीसँग Long Drive मा जान मेरो ठुलो इच्क्षा छ, म निशाजी को धेरै फ्यान हो, काश यो msg उनि सामु पुग्न पाए हुन्थियो .

    [Reply]

  • Bhupen wrote on 3 February, 2013, 10:37

    यो डेडी पनि खूब ठूलो कूरो गर्छे ।सबै काम नलाग्ने गरी स्याकृफाइस गरेछन । स्याकृफाइस भनेकै यही रैछ ।

    [Reply]

  • anjan wrote on 20 April, 2013, 19:28

    nisha is the best actress in nepali film industry she is the best…………………..?

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries