सलमानको मुद्दा खारेज

नायक सलमान खानले बिहिबार लामो समयदेखि खेपिरहेका एक मुद्दाबाट छुटकारा पाएका छन् । हरिणको शिकार गरेको आरोपमा सलमानले खेपिरहेको मुद्दालाई अदालतले खारेज गरेको हो । सलामनले सन् १९९८ मा जोधपुर नजिकै रहेको ककनी गाउँमा दुई वटा कालो हरिणको शिकार गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।यो मुद्दाको फैशला आइतबार हुने बताइएको थियो । अदालतका न्यायाधिश पी सदाशिवमले सलमानको उक्त मुद्दा खारेज गरेका हुन् । राजस्थान सरकारले सलमानसँगै अन्य ४ व्यक्तिले भारतको दण्ड संविधानको बिरुद्धमा यो कदम चालेको भन्दै हालेको मुद्दा अदालतले खारेज गरेको हो ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries