पेरिसमा पढ्दैछिन ऋचा
नयाँ पुस्ताकी सम्भावना बोकेकी अभिनेत्री ऋचा शर्मा तीन सातादेखि फ्रान्सको राजधानी पेरिसमा छिन् । फष्र्ट लभ, मेरो लभस्टोरी लगायतका सिनेमामा अभिनय गरिसकेकी ऋचा कुनै स्टेज कार्यक्रमका लागि त्यहाँ पुगेकी हैनन् । ऋचाले यतिखेर त्यहाँ एडभान्स एक्टिङ कोर्स अध्ययन गरिरहेकी छिन् ।
पेरिसमा ऋचाले बिश्वचर्चित अभिनय प्रशिक्षक ज्याक वाल्टर्ससँग प्रशिक्षण लिइरहेको बताइन् । दुई महिने प्रशिक्षणमा ऋचासँगै ५० देशका बिद्यार्थी सहभागी छन् । आफ्ना लागि यो निकै महत्वपूर्ण अबसर आएको भन्दै ऋचाले अभिनयमा निखार ल्याउन प्रशिक्षणमा आएको बताइन् ।
ज्याकबाट आफुले सिने क्षेत्रमा चाहिने सवैखाले अभियन सीप सिक्ने ऋचाले बताइन् । प्रशिक्षणको अन्तिम सातामा फिल्म निर्देशनसम्बन्धी टिप्स पनि पाउनेछिन् उनले । प्रशिक्षक ज्याक आफ्नो अभिनयबाट प्रभावित भएको ऋचाले दावी गरिन् ।
ऋचा हालै माओवादी द्वन्द्वमा आधारित फिल्म ‘उमा’मा छापामारको भूमिका निभाएर पेरिसतिर लागेकी हुन् ।




wow good news for Nepal Film Industry!!!! aba kehi hun6 ki… more important is study…all my best wishes to you!!!
[Reply]