महिला र प्राध्यापकबीच ‘मैना’
प्रदर्शन मिति नजिकिदै जाँदा चलचित्र ‘मैना’ को निर्माणपक्षले यसको प्रचारप्रसारलाई तिव्रता दिइरहेको छ । चलचित्रको प्रचारका लागि नयाँ नयाँ उपायहरु पनि अपनाइएको छ । यसैबिच चलचित्र ‘मैना’ महिला अधिकारकर्मी र विभिन्न विद्यालयका प्राध्यापकहरु माझ प्रदर्शनमा गरिएको छ ।
संचारिका समुहको संयोजनमा महिला संचारकर्मी र महिला अधिकारवादीहरुलाई सिनेमा देखाइएको निर्देशक केपी पाठकले अनलाइनखबरलाई बताए । सिनेमा हेरपछि उपस्थित महिला अधिकारकर्मीहरुले मैना एउटा राम्रो दस्तावेज भएको प्रतिक्रिया दिएका थिए ।
यस्तै उच्च माध्यमिक बिद्यालय (हिसान) का २५ प्रध्यानाध्यापकहरुलाई सिनेमा देखाइएको छ । हिसानको काठमाण्डौ जिल्ला कमिटि अन्र्तगतमा रहेका विद्यालयका प्रध्यानाध्यापकहरुलाई सिनेमा देखाइएको हो । सिनेमा हेरेपछि प्रध्यानाध्यापकहरुले आफ्ना विद्यार्थीहरुलाई ‘मैना’ हेर्न पठाउने बताएका थिए ।
केपी पाठकको निर्देशनमा तयार भएको यो सिनेमाले द्वन्द्वकालमा तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार पछि हत्या गरिएकी काभ्रेकी मैना सुनुवार को कथालाई उठान गरेको छ । चलचित्र फागुन ४ गतेबाट प्रदर्शनमा आउदैछ ।




यो मैना भन्ने चलचित्रलाइ बन्द गर्नुपर्छ किनभने यसले नेपाली सेनाको छवीलाइ जनतामाझ धमिल्ल्याउने काम गर्छ । नेपाली सेना भनेको ठुलो संगठन हो । यहांका एक दुइ जना सदस्यले गरेको गल्तीलाइ समाजमा चलचित्रको माध्यमाबाट प्रस्तुत गर्दा नेपाली जनताहरू र विशेष गरी बालबालिकाहरूको मस्तिषकमा नेपाली सेना प्रति नकारात्मक भावना पैदा नहोला र ?
[Reply]