आर्यन र आयुषको भोजपुरी गफ
नायक आर्यन सिग्देल र आयुष रिजालको परिचय सिनेमा क्षेत्रमा आफ्नै प्रकारको छ । आर्यन सिनेमा छानेर खेल्ने नायकको रुपमा चिनिन्छन् भने आयुष द्वन्द्वप्रधान सिनेमामा सफल मानिन्छन् । तर पछिल्लो समयमा नायक आयुष रिजाल भोजपुरी सिनेमामा रम्न थालेका छन् ।
मंगलबार बेलुका चलचित्र बिकास बोर्डमा पुगेका आर्यन र आयुष आ आफ्नै करिअरको बारेमा गफिदै थिए । नायक आयुष रिजालले भोजपुरी सिनेमाका लागि आर्यनलाई सुहाउने प्रतिक्रिया दिदै गर्दा आर्यनले भने आयुषलाई भोजपुरीमा जमेर पैसा कमाउन थालेकोमा वधाई दिए ।
आर्यनले आयुषले भोजपुरी सिनेमाको बाटो रोजेकोमा धाप मार्दै शुभकामना दिए । यता आयुषले भने आर्यनले सिनेमा रोजेर खेलेर राम्रो गरेको भन्दै खुशी व्यक्त गरे । आयुष र आर्यनको हिमचिम देख्दा लाग्थ्यो उनीहरु बिच राम्रो दोस्ती छ ।
नेपाली सिनेमामा कलाकारहरु एक अर्कासँग शितयुद्ध चर्काउन व्यस्त भएको समयमा आर्यन र आयुषको दोस्ती हेर्न लायक रहेको बोर्डमा उपस्थित अन्य चलचित्रकर्मीहरुको प्रतिक्रिया थियो ।



