चलचित्र संघले झिक्यो, माओवादीले समात्यो

चलचित्रकर्मीहरुको आन्दोलनबाट हलहरुको संस्था चलचित्र संघले हात झिकेको छ । संघका अध्यक्ष राजकुमार पोख्रेलले एक विज्ञप्ती जारी राख्दै आन्दोलनमा आफुहरुको नैतिक समर्थन नरहने जनाएका हुन् ।चलचित्र हलहरुमा लाग्दै आएका हिन्दी र अंग्रेजी सिनेमा प्रदर्शन हुन नपाएपछि चलचित्र संघले हात झिकेको वुझ्न सकिन्छ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रेश २’ को सेन्सर हुने सम्भावन कम रहेकाले पनि चलचित्र संघले आन्दोलनबाट बाहिरिने निर्णय गरेको हो । चलचित्र सम्वन्धी संघसंस्थाले समर्थन जनाउदै आन्दोलनमा उत्रिरहेको समयमा चलचित्र संघले आफ्नो निजी स्वार्थका लागि सिङ्गो सिनेमा उद्योगका हितमा थालिएको आन्दोलनबाट पन्छनु दुर्भाग्य भएको धेरै चलचित्रकर्मीको भनाई छ ।

यसैबिच चलचित्र संघले आन्दोलनबाट हात झिकेको केही घन्टा बित्न नपाउदै नेकपा माओवादीले भने साथ रहेको जनाएको छ । नेकपा माओवादीका केही प्रतिनिधी चलचित्र बिकास बोर्ड पुगी आन्दोलनप्रति समर्थन जनाएका हुन् ।

One Comment on “चलचित्र संघले झिक्यो, माओवादीले समात्यो”

  • milan gurung wrote on 23 January, 2013, 7:58

    kun chahi khaobadi le ho samarthan gareko?

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries