शाकिरा आमा बनिन्

गायिका शाकिरा आमा बनेकी छिन् । बार्सिलोनाका स्पेनिस स्टार जेरार्ड पिके र शाकिराको पहिलो सन्तानका रुपमा छोरा जन्मिएको हो । शाकिराले स्पेनको बार्सिलोनामा शनिबार राति ९ बजेर ३६ मिनेटमा जन्म दिएको सन्तानको नाम मिलान राखिएको छ । जन्मिएको केही घण्टामा नै मिलान स्पेनिस क्लब बार्सिलोनाको सदस्य बनिसकेका छन् । आफूहरु निकै खुसी रहेको भन्दै शाकिराको वेबसाइटमा लखिएको छ-’बाबु जस्तै, मिलान जन्मिएलगतै बार्सिलोनोको सदस्य बनेका छन् ।’ अस्पतालले बच्चा र आमा दुबै स्वस्थ रहेको बताएको छ ।
३५ वर्षीया कोलम्बियन शाकिराको बाका बाका बोलको गीत विश्वकप फुटबलको समयमा निकै चर्चामा थियो । उनका प्रेमी पिके भने उनीभन्दा १० वर्ष कान्छा छन् । २ वर्षसम्म आफ्नो सम्बन्धलाई लुकाएकी शाकिराले गत वर्षमात्र पिकेसँगको प्रेम सर्बजनिक गरेकी थिइन् । शाकिराले केही दिन अघि मात्र युनिसेफको सहयोगका लागि गर्भवती अवस्थाको तस्वीर खिचाएकी थिइन् ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries