विदेश जानेले बच्नुपर्ने ‘चार डब्ल्यू’ (भिडियो)

टन्न पैसा कमाउने सपना बोकेर बिदेश पुगेका कतिपय नेपाली बिचल्लीमा परेका छन् । कतिले आफ्नै कारण दुःख पाएका छन्, कति अरुका कारणले । विदेशमा काम गर्न जाँदा आफूले थोरै भएपनि संयमता अपनाउन सके धेरै सुरक्षित भइन्छ र सपना पनि पूरा हुन्छ । यही सन्देश दिने उदेश्यले कतारमा रहेका नेपाली युवाहरुले लघु चलचित्र निर्माण गरेका छन् ।आरम्भ फिल्मस् कतारको निर्माणमा तयार भएको ‘द्धध् आफ्नै बाटोहरु’ नामक लघु चलचित्रको सोमबार यू-ट्युब मार्फत सार्वजनिक भएको हो । Work( काम), Weather(मौसम) Wine (रक्सी) , Women(महिला) बाट सचेत हुनुपर्ने सन्देश यो लघु चलचित्रले दिएको छ ।

‘यस लघु चलचित्र मार्फत बिदेशमा बस्ने नेपालीहरुको वास्तविकतालाई देखाउन खोजिएको छ’ चलचित्रका व्यवस्थापक तथा कलाकार देव तिमिल्सिनाले अनलाइनखबरसित भने-’विदेशमा बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ र संयम अपनाउन पर्छ भन्ने चेतना जगाउन खोजिएको हो ।’

यस चलचित्रका निर्देशक उद्धव राई हुन् । ‘हामी कतारमा रहेका युवाहरुले आआफ्नै ढंगले रकम संकलन गरेर यो काम गरेका हौं, व्यापारिक उदेश्य होइन’ तिमिल्सिनाले भन्नुभयो, ‘व्यापारिक उद्देश्य नभई जनचेतना जगाउने अभियानअन्तर्गत नेपाली युवाहरु आफैं कलाकार बनेर र रकम जुटाएर लघु चलचित्र बनाइएको हो ।’

One Comment on “विदेश जानेले बच्नुपर्ने ‘चार डब्ल्यू’ (भिडियो)”

  • Bishnu wrote on 23 January, 2013, 10:52

    I hope that short film really brings awareness to Nepali youth.This film really touched me.God bless you all for your help and hard work.

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries