सन् २०१२ मा बलिउडले गुमाएका चर्चित हस्तिहरु
यो बर्ष बलिउड नगरीका लागि केही सुखद घटनाहरु भए । व्यापारीक रुपमा बलिउड धेरै नै अघि बढेको छनक देखियो । बलिउडका स्टारहरुले अभिनय गरेका सिनेमाले १ सय करोडको व्यापार सरल तरिकाले गरे । ओभरसिजमा समेत बलिउड सिनेमाको बजार सुखद तबरबाट बृद्धि भएको पाइयो । तर यो बर्ष बलिउडमा केही दुखद घटनाहरु पनि भए । यो बर्ष केही चर्चित व्यक्तिहरु बलिउडले गुमायो । यो बर्ष बलिउडले गुमाएका केही चर्चित हस्तिहरु यसप्रकार छन् :
१. यश चोपडा
रोमान्सका राजाको उपनाम पाएका चर्चित फिल्म निर्देशक तथा निर्माता यश चोपडाको यो बर्ष निधन भयो । ८० बषिर्य चोपडाको डेङ्गुका कारण निधन भयो । ‘धुल का फुल’ बाट बलिउडमा निर्देशकको रुपमा उदाएका चोपडाले दाग , जोशिला, सिलसिला, दिल तो पागल हे, विरजारा, जब तक हे जान जस्ता सुपरहिट सिनेमाहरु निर्देशन गरेका छन् । उनको निधनले बलिउड नगरीमा रोमान्टीक सिनेमाको खडेरी लाग्ने बताइएको छ ।![]()
२. राजेश खन्ना
बलिउडका पहिलो सुपरस्टार राजेश खन्नाको ६७ बर्षको उमेरमा निधन भयो । उनले पनि थुप्रै रोमान्टिक सिनेमा बलिउडका लागि दिएका थिए । उनको निधनले बलिउडलाई ठुलो क्षती पुग्यो ।
३. दारा सिंह
रेशलिङबाट बलिउड नगरीमा प्रवेश गरेका दारा सिंहको ८४ बर्षको उमेरमा निधन भयो । चर्चित धार्मिक टेलिसिरियल ‘रामायण’ मा हनुमानको भुमिका निर्वाहा गरेपछि उनी चर्चित बनेका थिए ।
यस्तै यसैबर्ष बलिउडले चर्चित कलाकार एके हंगाल, जसपाल भाट्ट,ि सिताराबादक रवि शंकर, गजल गायक मेहेदी हशन लगायतलाई गुमायो ।



