सलमान देखिए साहरुखको पक्षमा

बलिउडका दुई सुपरस्टार साहरुख खान र सलमान खान बिचको द्वन्द्वका बारेमा कमै मात्र व्यक्ती बेखबर छन् । सन् २००८ मा नायिका कटि्रना कैफको जन्मदिनको पार्टिमा झगडा परेपछि साहरुख र सलमान बलिउडमा एक अर्काको दुश्मन बन्दै आएका छन् । सार्वजनिक कार्यक्रममा होस् या संचारमाध्यममा नै किन नहोस् यि दुई एक अर्काको खेदो गर्न पछि पर्दैनन् । बलिउडमा साहरुख र सलमानको दुश्मनीले धेरैलाई हैरानी समेत पार्ने गरेको छ । यि दुइले एक अर्कासँग मित्रता हुने सम्भावनालाई समेत टार्दै आएका छन् ।तर नायक सलमान खानले आफ्ना सबैभन्दा ठूला दुश्मन साहरुखको बचाउँ गरेका छन् । सलमानले संचालन गरिरहेको रियालिटी शो ‘बिग बोश’ मा उनले साहरुखको बचाउ गरेका हुन् । कास्टिङ निर्देशक समेत रहेका इमाम सिद्दिकी ले साहरुखलाई आफुले स्टार बनाएको बताएपछि सलमान रिसले आगो भएका थिए । सिद्दिकीले साहरुख र प्रिती जिन्टालाई आफुले विज्ञापन र फिल्ममा अवसर दिएको बताएपछि सलमान साहरुख पक्षमा देखिएका हुन् ।

सिद्दिकीका कुरा सुनेपछि सलमानले भने, ‘साहरुख आफ्नै बल र प्रतिभाले स्टार भएको हो ।’ आफ्नो कडा मिहिनेत र प्रशंसकहरुको साथले साहरुख आज बलिउडमा स्टार भएको भनाइ सलमानको थियो । साहरुख ठुलो र चर्चित मानिस आफ्नै बलले भएको बताउदै सलमानले सिद्दिकीले विज्ञापनमा खेलाएर साहरुख चर्चित नभएको बताए ।

आफ्नो सबैभन्दा ठूलो दुश्मनको पक्षमा सलमान उत्रिएपछि यसले बलिउडमा समेत चर्चा पाएको छ । सलमानको यो जवाफलाई साहरुखले कसरी लिने हुन् यो सबैका लागि प्रतिक्षाको बिषय बनेको छ ।

 

2 Comments on “सलमान देखिए साहरुखको पक्षमा”

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries