महिला हिंसाबिरुद्धको आन्दोलनमा नम्रता र सदिक्षा
नेपालमा पछिल्लो समय बढ्दै गएको महिला हिंसाबिरुद्धको आन्दोलनमा सेलिब्रेटीहरुको समेत साथ मिलेको छ । शनिबार बिहान १० बजेदेखी ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटरमा धर्ना दिन पुगेका महिला अधिकारकर्मीहरुसँगै सेलिब्रेटीहरु पनि उभिएका छन् । धर्नामा नायिका नम्रता श्रेष्ठ, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, कलाकार रेमनदास श्रेष्ठ, नायक कर्मा लगायतको उपस्थिती थियो । उनीहरुले नेपालमा बढ्दै गएको महिलाहिंसा तत्काल रोकी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
पछिल्ला केही दिनमा मात्र नेपालमा आधादर्जन यस्ता खालका हिंसा भैसकेका छन् । वाराकी विन्दु ठाकुर र बर्दियाकी शिवा हास्मिलाई जिउदै जलाएर हत्या गरिनु, एयरपोर्टमा लुटिएकी एक युवतीलाई सरकारी कर्मचारीबाट नै बलात्कार गरिनु जस्ता घटनाले महिलाहरु दिनप्रतिदिन असुरक्षित हुदै गएको देखिन्छ ।




hoho free hunu pani vayena cheli haru pani thik thau ma hunu paryo chhoto luga lagaunu vayena chak dekhaunu vayena chhati dekhaunu vayena?
[Reply]
tapaiko mudda pani uthaunu paryo namrataji tapaiko hiro lai pani mamako ghar pathaunu paryo ki kaso namrata ?
[Reply]
nepal ma je jati mahila hinsha bhaya ka chan tes biruda aawaj uthaunu ramro ho yas ma sabai jana ko sahamati cha tara. jo nari nari ko ijeet, samman, man, maryada, bata bechalan bhayara anityak kam gari patan huncha tehai aja hanuman dokha ma mahila hinsha ko aawaj uthaunu kati ko jayag ho sathi ho. namrata shresth ko pahila karwai agadi banaunu parcha. tehai ho mahila ko prestige falne.
[Reply]