जन्मदिनमा श्रीकृष्णले भने, ‘श्वेतासँगको सम्बन्धबारे खुलेरै भन्छु’

नायक श्रीकृष्ण श्रेष्ठले शनिबार आफ्नो जन्मदिन मनाएका छन् । उनले अनलाइनखबरसँग आफ्नो उमेर लुकाउदै भने, ‘सिनेमा क्षेत्रमा आएको २४ बर्ष भएछ ।’ बिहान ६ बजे उठेर पशुपतीको दर्शन गर्न पुगेको बताउँदै उनले पहिलो शुभकामना आफ्नो आमाले दिएको बताए । घरमा सबैले नेवारी परम्पराअनुसार सगुन र गिफ्टहरु दिएको उनको भनाई छ । तर साथीभाई र आफन्तहसँग भने बेलुका भेटघाट गरी रमाइलो गर्ने योजना छ ।बिहान उठ्ने बित्तिकै आमाको खुट्टा ढोगेको बताउँदै उनले अझै सिनेमा बनाइरहने सुनाए । फागुन महिनाबाट आफुले नयाँ सिनेमाको निर्माण गर्न लागेको उनले बताए । गौशालाको होटल इन्द्रेणीमा रेष्टुरेन्ट चलाइरहेका श्रीकृष्णले केही सिनेमाको निर्माणपश्चात मात्र निर्देशनमा हात हाल्ने बताए ।

अब कहिले बिहे गर्ने भन्ने हाम्रो प्रश्नमा श्रीकृष्णले भने, ‘खै मेरो बिहे किन भएको छैन मलाई नै थाहा छैन । कहिले गर्छु भन्ने मलाई पनि थाहा छैन् ।’ उनले नायिका स्वेता खड्का र आफुबिचको सम्वन्धका बारेमा भने खुलाउन चाहेनन् । श्वेता र आफु राम्रो साथी भएको बताउँदै उनले भने, ‘हामीले विजनेश र सिनेमाको काम सँगै गरिरहेका छौ ।’ गौशालामा संचालनमा ल्याएको रेष्टुरेन्टमा पनि स्वेता र श्रीकृष्णको संयुक्त लगानी छ । फागुनमा निर्माण हुन लागेको नयाँ चलचित्रमा पनि श्रीकृष्ण र श्वेता नायक नायिकाको रुपमा देखिदैछन् । श्वेताजीलाई कहिले भाउजु भन्न पाइन्छ भन्ने हाम्रो अर्को प्रश्नमा उनको जवाफ थियो- ‘हाम्रो सम्वन्धका बारेमा हामी आफै कुनै दिन खुलेर भन्नेछौ ।’

अविवाहित नायक श्रीकृष्ण श्रेष्ठलाई अनलाइनखबरको तर्फबाट जन्मदिनको शुभकामना ।

 

5 Comments on “जन्मदिनमा श्रीकृष्णले भने, ‘श्वेतासँगको सम्बन्धबारे खुलेरै भन्छु’”

  • sumina wrote on 29 December, 2012, 8:51

    जन्मदिनको शुभकामना नायक श्रीकृष्ण

    [Reply]

  • M.S. wrote on 29 December, 2012, 9:31

    I love you Shree Krishna Shrestha. Haamro ta gharr pni, Utaai Utaaai preyo.

    [Reply]

  • bimalaRai wrote on 29 December, 2012, 12:27

    happy birthday shreekrishna .

    [Reply]

  • mahesh wrote on 29 December, 2012, 17:03

    happy birthday shree krishna dai

    [Reply]

  • kiran wrote on 30 December, 2012, 12:09

    happy b’day shreekrishna uncle!

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries