सेक्सी सिनेमा लिएर बाबुराम कतारमा

चलचित्र ‘नाइन ओ क्लक’ को बिशेष प्रदर्शनका लागि निर्देशक बाबुराम ढकाल र लेखक प्रकाश पुरी कतार पुगेका छन् । चलचित्रको विशेष प्रदर्शनका लागि कतारमा रहेका नायक सविन श्रेष्ठले पनि सहयोग गरिरहेका छन् । चलचित्रको जनवरी ४ मा कतारको दोहा सिनेमा हलमा विशेष प्रदर्शन गर्न लागिएको हो । सिनेमाको कतार प्रदर्शन गरी जनवरी ६ मा ढकाल र पुरी नेपाल र्फकनेछन् ।नेपाली सिनेमाको अन्तरराष्ट्रिय बजारको खोजी भइरहेको समयमा ‘नाइन ओ क्लक’ को प्रदर्शन कतारमा हुन लागेको हो । बाबुराम ढकालको निर्देशनमा तयार भएको यो सिनेमालाई रमेश संबेदनाले निर्माण गरेका हुन् । चलचित्रमा सुमिना घिमिरे, ध्रुब दत्त लगायतका कलाकारको अभिनय छ । नामकै कारणले चर्चामा रहेको यो सिनेमाको बिषयवस्तु सेक्स केन्दि्रत रहेको बताइएको छ । चलचित्र नेपालमा भने फागुन ११ गतेबाट प्रदर्शनमा आउदैछ ।

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries