नेपाली कलाकार फेरी रंगशालामा दौडने

विभिन्न नाम दिएर आयोजना हुने फुटबल प्रतियोगितमा नेपाली कलाकारहरुले आफ्नो उपस्थिती जनाइसकेका छन् । छायांकनबाट फुर्सद लिएर नेपाली कलाकारहरु फुटबल खेल्न काठमाण्डौको दशरथ रंगशालामा कहिलेकाही उत्रने गर्छन् ।

यस्तै मौका पुन एकपटक मिल्ने भएको छ । नेपाल चलचित्र कलाकार संघ र नेपाल विज्ञापन एजेन्सी संघ (आन) को संयुक्त आयोजनामा फुटबल खेल हुने भएका हो । फागुन महिनामा आयोजना हुन लागेको फुटबल प्रतियोगीताको बारेमा ‘आन’ र कलाकार संघबिच संझौता समेत भैसकेको छ ।

फुटबल खेलमा नेपाली सिनेमाका चर्चित कलाकारहरुको उपस्थिती हुनेछ । नायक राजेश हमाल, रेखा थापा, करिश्मा मानन्धर, आर्यन सिग्देल लगायतका चर्चित अनुहारहरु जर्सीमा फुटबल खेल्न रंगशालामा उत्रने छन् । कलाकार संघको सक्रियता बढाउन र भाइचारको सम्बन्ध विस्तार गर्न फुटबल खेल आयोजना गर्न लागिएको संघका अध्यक्ष नबल खड्काले अनलाइनखबरलाई बताएका छन् ।

यस्तै उनले नेपाली टेलिभिजनमा देखाइने विज्ञापनमा नेपाली कलाकारलाई खेलाउने बिषयमा समेत कुरा भैरहेको बताए । फुटबल खेलले विज्ञापनमा नेपाली कलाकारको सक्रियतालाई समेत फाइदा पुग्ने उनको भनाई छ ।

One Comment on “नेपाली कलाकार फेरी रंगशालामा दौडने”

  • Nepali wrote on 28 December, 2012, 12:35

    kaam paina buhari paada ko naito kanyai…

    [Reply]

  यसमा तपाइको मत

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् । तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Recent Entries